सांसदहरूलाई रविको चेतावनी – ‘राइट टु रिकल’को व्यवस्था कडाइका साथ लागू हुन्छ

पाटन (ललितपुर) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीले उठाएको ‘राइट टु रिकल’को व्यवस्थालाई यसपटक कडाइका साथ लागू गर्ने बताएका छन् ।
रास्वपाद्वारा ललितपुरमा नवनिर्वाचित सांसदका लागि आयोजित अभिमुखीकरण तथा परिचयात्मक कार्यक्रमको समापन समारोहलाई आज सम्बोधन गर्दै उनले सांसदहरुलाई अनुशासित भएर स्वतन्त्रताको उपयोग गर्न मार्गनिर्देश गरे । ‘सरकार दुई–तिहाइको छ, संख्या घट्ला अथवा सरकार बहुमतमा रहन्छ, संख्या घट्ला, अल्पमतमा पर्ला भन्ने कुराको परवाह नगरीकन रास्वपाले जन्मदेखि आफ्नो विधानमा स्थापित गरेको राइट टु रिकलको व्यवस्थालाई यस पटक कडाइका साथ लागू गर्नेछ ।’
सभापति लामिछानेले देशको सबैभन्दा ठूलो समस्या सामाजिक न्याय भएकाले त्यसका लागि पैरवी गर्नुपर्नेमा जोड दिए । “सामाजिक न्याय नभएको समाज मानिस बस्ने समाज हैन, एउटा चुनावबाट अर्को चुनाव हैन एउटा पुस्ताबाट अर्को पुस्ताका लागि हामी लडेका हाँै”, उनले भने, “वर्तमान व्यवस्था र संविधानप्रति हामी प्रतिबद्ध छौँ । हामी विजयी हुनु भनेको जिम्मेवार हुनु हो, त्यसैले अनुशासित भएर आआफ्नो जिम्मेवारी निर्वाह गर्नेछौँ ।”
सभापति लामिछानेले अब सुशासनको क्षेत्रमा नयाँ मानक कायम हुने विश्वास व्यक्त गरे । उनले पार्टीबाट निर्वाचित सांसदहरूलाई देशको संविधान, संसद्को नियमावली र पार्टीको विधानअनुसार मुलुक र जनताप्रति इमानदार भएर काम गर्न आग्रह गरे। “नेपाल लगानीका लागि सुरक्षित देश हो भनेर अन्तरराष्ट्रिय समुदायलाई आश्वस्त पार्न चाहान्छौँ”, उनले भने ।


















स्याङ्जामा ६ सय विद्यार्थीको निःशुल्क स्वास्थ्य बिमा
Philippines forces kill 10 Islamist militants in arrest gunfight
कोरियाबाट फर्किएका कामदारको पुनःएकीकरणमा सघाउन २५ लाख डलर सहयोग
Devotees throng at Matatirtha to pay homage to deceased mothers
इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
अमेरिका–इरान वार्तामा गति, पाकिस्तानको नयाँ प्रस्ताव
आजदेखि काठमाडौंमा रात्रिकालीन बससेवा सञ्चालन
जबर्जस्ती करणीका फरार अभियुक्त १८ वर्षपछि पक्राउ
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
प्रतिक्रिया