घर जलेपछि टहरोमा बास

दमौली । तनहुँको आबुखैरेनी गाउँपालिका–६ का सन्त भुजेलको घर गत चैत ३१ गते आगलागीबाट नष्ट भयो । आगलागीबाट घरमात्र जलेन, घरमा भएका लत्ताकपडा र खाद्यान्न पनि नष्ट भयो ।
घर जलेपछि भुजेल परिवारको टहरोमा बास भएको छ । अर्थावस्था नाजुक रहेको यो परिवार अहिले गाँस न बासको अवस्थामा पुगेको छ । जलेकै घर छेउ रहेको बारीमा टहरो बनाएर उनको परिवार यतिबेला दैनिकी गुजारिरहेको छ ।
परिवारमा सात जना सदस्य छन् । सबैजना टहरोमा नै बसिरहेका छन् । उनीहरुलाई हावाहुरी र पानी पर्दा समस्या हुने गरेको छ ।
भुजेल परिवारको दयनीय अवस्थाका बारेमा जानकारी पाएपछि जनसांस्कृतिक महासंघका केन्द्रीय सदस्य एवं भुजेल समाज तनहुँका सचिव पृथ्वी भुजेलले सहयोग सङ्कलन अभियान शुरु गरेका छन् । उनको पहलमा सङ्कलित खाद्यान्न तथा लत्ताकपडा सोमबार पीडित परिवारलाई हस्तान्तरण गरिएको छ ।
“खाद्यान्न, लत्ताकपडा, भाडावर्तनलगायत केही सामग्री पीडित परिवारलाई हस्तान्तरण गर्यौं, उक्त खाद्यान्नले १५/१६ दिनलाई पुग्छ”, भुजेलले भने ।
पीडितका लागि घर निर्माण गर्न जस्तापाता जुटाउने अभियान पनि शुरु भएको भुजेलले जानकारी दिए । “तत्कालका लागि खानाको व्यवस्था त भयो, अब आगलागीबाट जलेको घरलाई पुनःनिर्माण गर्न पाए उहाँहरुलाई सहज हुन्थ्यो”, उनले भने ।
नेपाल आदिवासी जनजाति महासंघ तनहुँका अध्यक्ष वसुन्धरा घर्ती, जिल्ला खेलकूद विकास समिति तनहुँका सचिव तुल्सीराम पाण्डे, ललित पाण्डे, खुमबहादुर थापा, चुडामणि थापा, कमला भुजेल, विमला भुजेललगायतले पीडित परिवारका लागि सहयोग गरेका छन् । (रासस)

















यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
सल्यानमा नेकपाका मल्ल विजयी
रुकुम पश्चिममा नेकपाका शर्माले जित्दा जनार्दन शर्मा तेस्राे
सर्लाही ४ मा अमरेशकुमारले जित्दा हारे गगन
इरानद्वारा इजरायल र अमेरिकी अड्डामा थप आक्रमण
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
भाेट हाल्न जाँदै हुनुहुन्छ ?, यस्ताे छ आजकाे माैसम
निर्वाचनपछि पनि मुलुकमा स्थायित्वको सम्भावना कठिन छ, फेरि मध्यावधिमा जानसक्छः सुरेन्द्र पाण्डे
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
देशभर शान्तिपूर्ण रूपमा मतदान सकियो
प्रतिक्रिया