शुक्रबार, वैशाख ११, २०८३

श्ययाको उपलब्धता र उपचार पाउने भएपछि मात्र बिरामी पठाउन निर्देशन

मेरोन्यूज २०७८ वैशाख ७ गते १९:४१

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को सङ्क्रमण बढिरहेकाले सबै अस्पताललाई श्ययाको उपलब्धता र उपचार पाउने सुनिश्चिताको समन्वय गरेर मात्र बिरामी अन्य अस्पतालमा पठाउन (रिफर) निर्देशन दिएको छ ।

Advertisement
NiccNicc

आज मन्त्रालको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख डा गुणनिधि लोहनीले सबै अस्पताललाई पत्राचार गर्दै कुनै पनि अस्पतालमा आइपुगेका बिरामीको आकस्मिक उपचार व्यवस्थापन गरेर तथा अन्य अस्पतालमा पठाउनु परे अनावश्यक समन्वय गरेर मात्र पठाउन निर्देशन दिएका हुन् ।

मन्त्रालयले सङ्क्रमण बढेसँगै नियमित स्वास्थ्य सेवा तथा आकस्मिक सेवा प्रवाहमा सर्वसाधारणमा पर्न गएको कठिनाइप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
––– रासस

प्रतिक्रिया