वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल

काठमाडौँ – आज २०८३ साल वैशाख ९ गते बुधबार। वैशाख शुक्ल पक्षको षष्ठी तिथि । रामानुजाचार्य जयन्ती, विश्व पृथ्वी दिवस । तदनुसार सन् २०२६ अप्रिल २२ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।
मेष : व्यापार व्यवसायको लागि गरिएको यात्रामा सफलता मिल्नेछ। परिवारलाई समय दिने प्रयास गर्नुहोला। मांगलिक कार्यको रूपरेखा बन्नेछ। घरको साज सजावटमा धन खर्चका योग छन्। आजको शुभ रंग सेतो हो भने शुभ अंक १ रहेको छ।
वृष :नोकरी वा पेशामा इच्छाशक्तिले गर्दा बिग्रेका काम पनि बनाउन सक्नुहुनेछ। धैर्य र पराक्रममा वृद्धि हुनेछ। बिद्यार्थीवर्गहरूले प्रतियोगी परीक्षाको तैयारीमा व्यस्त रहनु पर्ला। आजको शुभ रंग सेतो हो भने शुभ अंक ५ रहेको छ।
मिथुन : भावुकतामा आएर निर्णय नलिनुहोला। कार्यक्षेत्रमा उन्नति हुनेछ। नयाँ कार्यको रूपरेखा बन्नेछ। वरिष्ठ व्यक्तिहरूको साथ र सहयोग मिल्ला। प्रतिष्ठित कार्य गर्ने अवसर मिल्नेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ८ रहेको छ।
कर्कट : प्रतिस्पर्धीहरू किराना लाग्नेछन्। वैदेशिक रोजगारबाट लाभ प्राप्त हुनेछ। स्वास्थ्यलाई लिएर् सजग रहनुहोस्। सवारी साधनमा धन खर्चका योग छन्। आजको शुभ रंग सेतो हो भने शुभ अंक ६ रहेको छ।
सिंह :रोकिएका काम बन्नाले मनमा उत्साह जाग्नेछ। आफ्नो सिद्धान्तलाई लिएर अडिग रहनुहोस्। व्यावहारिक पक्ष मजबुत रहनेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ३ रहेको छ।
कन्या :मनोबलमा वृद्धि हुनेछ। पौष्टिक भोजनको सेवन गर्नुहोस्। रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि हुनेछ। रुचिको कार्यमा मन लाग्नेछ। सल्लाह दिनबाट बच्नुहोस् आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।
तुला :चिताएको काममा सोचेजस्तो सफलता नमिल्ला। व्यापार व्यवसायमा आफन्तहरूको साथ मिल्नेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। माताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ।
वृश्चिक : नोकरी वा पेशामा हतारमा कुनै निर्णय नलिनुहोला। धैर्य वा पराक्रममा वृद्धि हुनेछ। व्यापार र अध्ययनमा धेरै समय व्यतीत गर्न नसकिएला। प्रियजनहरूको भावना बुझ्ने चेष्टा गर्नुहोस्। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।
धनु : कार्यक्षेत्रमा कडा परिश्रम गर्दा लाभ मिल्नेछ। बच्चाहरूलाई मौसमी बिमारीबाट जोगाउनुहोस्। आर्थिक पक्ष सामान्य रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ५ रहेको छ।
मकर :छोटो समयमा राम्रो उपलब्धि हासिल गर्न सकिनेछ। रोकिएका काम बन्नेछन्। प्रतिस्पर्धी र शत्रु हार खानेछन्। पारिवारिक जमघटको बिच स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।
कुम्भ : अप्ठ्यारो परिस्थितिलाई सहज बनाउन सक्नुहुनेछ। व्यापार व्यवसायबाट मनग्य लाभ आर्जन गर्न सकिनेछ। वैदेशिक रोजगार सफल रहनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक २ रहेको छ।
मीन :आयआर्जनले नयाँ कामको योग बन्नेछ। व्यापार व्यवसायमा शुभचिन्तकहरूको साथ मिल्नेछ। मित्रहरूसँग मनोरंजनात्मक समय व्यतीत हुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ६ रहेको छ।
















कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
वातावरण प्रदूषण गर्ने १२ सवारीसाधन नियन्त्रणमा
महिला टी–२० च्यालेन्ज ट्रफी : नेपालसँग रुवान्डा पराजित
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
आइसिसी महिला ट्वान्टी–२० च्यालेन्ज ट्रफीः नेपालद्वारा इटाली पराजित
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
प्रतिक्रिया