मंगलबार महंगो भएको अमेरिकी डलर लगायत केही देशको मुद्रा बुधबार स्थिर

काठमाण्डौं । मंगलबार महंगो भएकोे अमेरिकी डलरलगायत अधिकांश राष्ट्रको मुद्रा आज बुधबार स्थिर रहेको छ ।
१ अमेरिकी डलरको खदिरदर १ सय १९ रुपैयाँ ५१ पैसा छ भने बिक्रिदर १ सय २० रुपैयाँ ११ पैसा रहेको छ । अष्ट्रेलियन डलर १ को खरिद मुल्य ९२ रुपैयाँ ८७ पैसा तोकिएको छ भने बिक्रिदर ९३ रुपैयाँ ३३ पैसा छ ।
क्यानेडियन डलर १ को खरिददर ९५ रुपैयाँ ३९ पैसा खरिद रहेको छ भने ९५ रुपैयाँ ८७ पैसा बिक्रि मुल्य तोकिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार विदेशी मुद्रा सटहीमा सिंगापुर डलर १ को खरिददर ८९ रुपैयाँ ९८ पैसा छ भने बिक्रीदर ९० रुपैयाँ ४३ पैसा रहेको छ ।
जापानीज एन प्रति १० बराबर ११ रुपैयाँ ३ पैसा बिक्रिदर ११ रुपैयाँ ९ पैसा रहेको छ ।
यसैगरी चाइनिज युयन १ को खरिद १८ रुपैयाँ ३९ पैसा छ भने बिक्रिदर १८ रुपैयाँ ४९ पैसा कायम भएर सटहीदर रहेकोे राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकले जारी गरेको बैदेशिक रकम खरिदबिक्रिदरमा साउदी अरबियन रियाल १ कोे खरिद मूल्य ३१ रुपैयाँ ८७ पैसा र बिक्रि मूल्य ३२ रुपैयाँ ३ पैसा रहेको छ । कतारी रियालको खरिद मूल्य ३२ रुपैयाँ ८२ पैसा र बिक्रि मूल्य ३२ रुपैयाँ ९८ पैसा कायम छ ।
युएइ दिरामको खरिद मूल्य ३२ रुपैयाँ ५४ पैसा र बिक्रि मूल्य ३२ रुपैयाँ ७० पैसा रहेको छ । यस्तै साउथ कोरियाको कोरियन १०० वनको खरिददर १० रुपैयाँ ७२ पैसा छ भने बिक्रिदर १० रुपैयाँ ७८ पैसा कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार केही राष्ट्रको मुद्रा महंगो भएको छ । जसमा युरो १ को खरिदद १ सय ४४ रुपैयाँ ७ पैसा छ भने बिक्रिदर १ सय ४४ रुपैयाँ ७९पैसा रहेको भने युके पाउण्ड स्ट्रलिङ १ को खरिददर १ सय ६७ रुपैयाँ ८ पैसा छ भने बिक्रिदर १ सय ६७ रुपैयाँ ९२ पैसा रहेको छ ।
यस्तै मलेसियन रिङ्गेटको आजको खरिद मूल्य २९ रुपैयाँ ४ पैसा र बिक्रि मूल्य २९ रुपैयाँ १८ पैसा तोकिएको छ ।
बाणिज्य बैंकहरु र मनि ट्रान्सफर एक्सचञ्ज कम्पनीमा पैसा सटही गर्दा झिनो रकम फरक पर्नसक्ने राष्ट्र बैंकले उल्लेख गरेको छ ।









इन्डोनेसियाको जकार्तामा अब कुकुर, बिरालो र चमेरोको मासु बेच्न नपाइने
अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडक विस्तार सुरु
रवि बोपाराको अर्धशतकमा चितवनले विराटनगरलाई दियाे १७५ रनको लक्ष्य
सर्वोच्च अदालत जलाएको आरोपमा ल क्याम्पसका पूर्व सभापति ढुंगेल पक्राउ
राजनीतिक व्यक्ति उपकुलपति हुने व्यवस्था अन्त्य गर्नुपर्छ : प्रधानमन्त्री कार्की
श्रीमतीसहितका नातेदारलाई सचिवालयमा नियुक्ति दिलाएका प्रधानमन्त्रीका स्वकीय सचिवलाई तत्काल बर्खास्त गर्न जेनजी फ्रन्टको माग
सशस्त्रको प्रवक्तामा डिआइजी थापा
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न आदेश
छुटे दुर्गा प्रसाईं
प्रतिक्रिया