मानिसको कलेजोलाई स्वस्थ राख्ने ९ खाद्य पदार्थहरू

एजेन्सी । खानपानमा ध्यान दिनु कलेजोलाई स्वस्थ राख्न र शरीर सुधारका लागि महत्वपूर्ण हुन्छ । मानिस स्वस्थ रहनको लागि नियमित रूपमा खाने खाना र शारीरिक व्यायमको महत्वपूर्ण हुन्छ
। लिभरमा टाक्सिन्सको विकास भयो भने यसले एलर्जी, कोलेस्ट्रोल जस्ता समस्या र पाचन प्रणालीमा समस्या निम्त्याउन सक्छ । आयुर्वेदको नियमले मानिसको कलेजोलाई स्वास्थ्य राख्न र रोगबाट बचाउन मद्दत गर्छ । लिभर शरीरको इञ्जिन हो तर यसलाई स्वस्थ राख्नको लागि कति ध्यान दिन्छौं ?
हाम्रो कलेजोले पाचन प्रणालीलाई मजबुत बनाउन, मेटाबोलिज्म सुधार गर्न र आवश्यक यौगिकहरू निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्छ। मानिसको कलेजोलाई स्वस्थ राख्ने ९ खाद्य पदार्थहरूको बारेमा बरणन गरिएको छ ।
१) लसुन
लसुनले कलेजोको एन्जाइमलाई सक्रिय पार्नुका साथै मानिसको शरीरबाट विषाक्त पदार्थहरू बाहिर निकाल्ने काम गर्छ। यसले एलिसिनको उच्च स्तर कायम राख्न पनि मद्दत गर्छ । जसमा एन्टिअक्सिडेन्ट, एन्टिबायोटिक र एन्टिफङ्गल गुणहरू हुन्छन् । जसले एन्टिअक्सिडेन्टलाई बृद्धि गर्छ।
२) गाजर
गाजरमा प्लान्ट-फ्लाभोनोइड्स र बीटा क्यारोटीन उच्च हुन्छ, यसमा हुने भिटामिन एले कलेजोको काम सहज हिसाबले गर्न मद्दत गर्नुका साथै कलेजो रोगबाट बचाउन मद्दत गर्छ ।
३) स्याउ
स्याउमा पेक्टिन नामक तत्व हुन्छ । यसले शरीरलाई सफा गर्न र पाचन प्रणालीबाटलाई सहज बनाउन मद्दत गर्छ । साथै कलेजोमा हुन सक्ने विषाक्त पदार्थलाई हटाएर यसको व्यवस्थापन गर्न सकिन्छ ।
४) अखरोट
एमिनो एसिडहरूको लागि उत्कृष्ट स्रोत हो ओखर । ओखर नियमित रूपमा खानाले कलेजोलाई डिटक्स गर्न मद्दत गर्छ।
५) ग्रीन टि
ग्रीन टि विश्वमा एक धेरै चल्तीयुक्त पेय पदार्थ हो । हरियो चिया प्लान्टमा आधारित एन्टिआक्सिडन्ट्सले कलेजोको कार्यमा सुधार ल्याउँछ।
६) पत्तादार तरकारीहरू
क्लोरोफिल युक्त हरियो पातदार तरकारीले रक्तप्रवाहमार्फत् विषालु पदार्थलाई बाहिर पठाएर कलेजोको रक्षामा भूमिका खेल्छ ।
७) सिट्रस फल
सुन्तला, निम्बू र अन्य सिट्रस फलहरूमा कलेजो सफा गर्ने क्षमता हुन्छ। सिट्रस फलमा उपस्थित डिटोक्सिफाइङ एन्जाइमहरूले कलेजो स्वास्थ्यमा बढी फाइदा गर्ने गर्छ ।
८) हल्दी
हल्दी राम्रो मसला हो, जसले कलेजोमा हुने क्षतिलाई कम गर्छ। हल्दीले बोसो र पित्तको रस उत्पादन गर्न मद्दत गर्छ, जसले हाम्रो कलेजोको लागि प्राकृतिक डिटोक्सिफायरको रूपमा कार्य गर्दछ।
९) चुकन्दर
चुकन्दर भिटामिन सीको लागि उपयुक्त स्रोत हो । यसले पित्तको सफाइमा ध्यान दिनुका साथै ईन्जामिक गतिविधिलाई बढावा दिन्छ।
















स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
सेना, कर्मचारी र अन्तर्राष्ट्रिय समुदायसँग हाम्रो सम्बन्ध मित्रवत नै छ : एमाले
एमालेले दियो प्रधानमन्त्री बालेनलाई औपचारिक बधाई
इरानद्वारा दोस्रो अमेरिकी एफ-३५ लडाकू विमान खसालेको दाबी
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
आजको मौसमःपहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
संसद् सचिवालयमा सर्वदलीय बैठक
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
प्रतिक्रिया