मोतिबिन्दुबाट हुने अन्धोपनासँग लड्न डा.रुइत र कोहलीले स्थापना गरे तेज कोहली एण्ड रुइत फाउण्डेसन
दुई वर्षमा करिव डेढ लाखको मोतिबिन्दु शल्यक्रिया गर्ने लक्ष्य

काठमाडौं । विश्वका अति विपन्न समूदायहरुमा रहेको अन्धोपनलाई हटाउन डाक्टर सन्दुक रुइत र तेज कोहलीले संयुक्त रुपमा फाउण्डेसन शुरु गरेका छन् । डा रुइत र कोहलीले तेज कोहली एण्ड रुइत फाउण्डेसन स्थापना गरेका हुन् ।
उक्त फाउण्डेसनबाट लामो समयदेखिको उपचार गर्न सकिने अन्धोपन हटाउने अभियानलाई एकै ठाउँमा रहेर सहकार्य गर्न लागेका हुन् ।
फाउण्डेसनले डा रुइत तथा तिलगंगा आँखा प्रतिष्ठानको प्राविधिक विशेषज्ञता र कोहलीको विश्वव्यापी जनस्तर परियोजनाहरुको अनुभवलाई जोड्ने डा रुइतको विस्वास छ ।
“तेज कोहली र मेरो लागि यसमा सफलता हामीले कल्पना गरेर भन्दा ठूलो कुरा हासिल गर्नु हो,” डा. रुइतले भने, “हामीले अहिल्यै नेपालमा वार्षिक तीस हजार र भारत लगायत दक्षिण एशियामा गरी असी हजार बिरामीको शल्यक्रिया गर्ने व्यवस्था मिलाउने प्रण गरिसकेका छौं ।”
“जब तपाईले कसैलाई पूनःदृष्टि दिनुहुन्छ उनीहरुलाई दोश्रो जिवन प्रदान गर्नुहुन्छ । उनिहरु आर्थिक रुपमा सक्रिय हुन सक्छन्, आनन्द लिन सक्छन् र आफ्नो परिवारको हेरचाह गर्न सक्छन् । अझै विश्वमा लाखौ मानिस दृष्टिविहिन नै छन् किनकि उनीहरुसँग उपचारको पहुँच छैन्,” तेज कोहलीले भने “सन्दुक रुइतसँगको यो सहकार्य मार्फत हामीले सम्भाव्य रुपमा दश लाखभन्दा बढी मानिसहरुलाई सेवा पुर्याउनेछौ ।”
फाउण्डेसनले आफ्नो पहिलो दुई वर्षमा करिव डेढ लाखको मोतिबिन्दु शल्यक्रिया गर्ने लक्ष्य लिएको छ । जसअनुसार नेपालको लुम्बिनी, सोलुखुम्बु,गेटा आँखा अस्पताल धनगढी, रामलाल गोल्छा आँखा अस्पताल विराटनगर, राप्ती आँख अस्पताल दाङ्ग,फत्तेवाल आँखा अस्पताल वाँके, जानकी आँखा अस्पताल जनकपुर, सुर्खेत आँखा अस्पताल सुर्खेत गरि ६ स्थानमा करिब दुईहजार शल्यक्रिया समेत सम्पन्न गरिएको डा रुइतले जानकारी दिए ।
नेपालका साथै उत्तरी भारत, इन्डोनेसिया, म्यानमार, बंगलादेश, उत्तर कोरिया, अफगानिस्तान, रुवाण्डा, तान्जानिया, लेवनान, भुटान, इराक, घाना, इथियोपिया, कम्वोडिया, नाइजेरिया र सिरिया लगायतका देशहरुमा शल्यकृया संचालन गर्ने योजना रहेको छ ।
डा.सन्दुक रुइत र तेज कोहलीले सन् २०२६ सम्म विश्वका अति विपन्न समुदायमा मोतिविन्दुबाट दृष्टिविहिन चार लाखको शल्यक्रिया गर्ने तय गरेका छन् ।
विश्वव्यापी चरम गरिवी निवारणको कमीले गर्दा विश्वको सबैभन्दा गरिब देशहरुमा सरदर आयु र जनसंख्यामा वृद्धि भैरहेको छ । यद्यपी यसको अर्थ यो पनि हो कि उपचार नगरीएका मोतिविन्दुको संख्या एकदम छिटो बढिरहेको छ । अन्धोपनको प्रमुख कारण मोतिविन्दु हो ।
विश्वको कुल जनसंख्यामध्ये नौ करोडमा मोतिविन्दुको समस्या देखिएको मा करिव एकतिहाइको मात्र शल्यकृयामा पहुँच छ भने करिव दुइ तिहाइ पहुँच नभएका मानिसहरु न्युन आय भएको देशहरुमा वसोवास गर्दछन ।
मोतिबिन्दुको कारणले गम्भिर आर्थिक, मानसिक र सामाजिक समस्या निम्त्याउँछ । सानो समुदाय मात्र शल्यक्रिया गर्न सक्षम छन् किनकि ठुलो समुदायमा उपचारको लागि पहुँच वा स्वास्थ्य सेवा सम्बन्धी जानकारी नै छैन ।

















काठमाडौं–५ का उम्मेदवार कांग्रेस महामन्त्री पौडेलको प्रतिज्ञापत्र सार्वजनिक
South Korea and Brazil sign deals on K-beauty, trade
गृहमन्त्री अर्यालसँग संयुक्त राष्ट्रसंघ नेपालका आवासीय संयोजकको भेट
Constitution amendment mandatory: Chair Yadav
दाङमा शंकर पोखरेललाई रविको कटाक्ष- मलाई जेल पुर्याउने बाका प्रिय पात्र यहीँ छन्
प्रजातन्त्र सेनानी गुरुङको निधन, सभापति थापाद्वारा दुःख व्यक्त
काठमाडौं – मुग्लिन सडकखण्ड अन्तर्गत फिस्लिङमा माइक्रोबस दुर्घटना, १५ जना घाइते
विमानस्थलबाट १३ लाखका मोबाइल, ल्यापटपसहित एक जना पक्राउ
कांग्रेस केन्द्रीय अनुशासन समितिको कार्यविधि–२०८२ पारित
प्रतिक्रिया