एनसेल टावर छेउमा फेला परेको बम निष्क्रिय

पाँचथर । मिक्लाजुङ गाउँपालिका–२ सप्तमी बजारमा एनसेल टावर छेउमा फेला परेको सकेट बम नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ । मङ्गलबार साँझ सप्तमीबजारभन्दा माथि डाँडामा रहेको एनसेलको टावर छेउमा हरियो झोलाभित्र शङ्कास्पद वस्तु फेला परेपछि स्थानीयवासीले प्रहरीमा खबर गरेका थिए ।
आज बिहान सो स्थानमा पुगेको नेपाली सेनाको फिदिमस्थित रणशेर गणको टोलीले पुरानो सकेट बम निष्क्रिय पारेको प्रहरी नायव उपरीक्षक दानबहादुर थापाले जानकारी दिए । खिया लागेको पुरानो सकेट बम त्रास फैलाउने उद्देश्यसहित राखिएको हुन सक्ने प्रनाउ थापाको भनाइ थियो । स्थानीयवासीले सकेट बमसँगै हस्तलिखित पर्चासमेत फेला पारेका छन् ।
‘नेपाल कम्युनिष्ट पार्टी (विद्रोही समूह) लेखिएको पर्चामा प्रधानमन्त्रीविरुद्ध नारा लेखिनाका साथै मिलेनियम च्यालेन्ज कर्पोरेशन ९एमसिसी० सम्झौता खारेज गर्न तथा युवालाई स्वदेशमै रोजगारीको व्यवस्था गर्न माग गरिएको छ । खिया लागेको पुरानो सकेट बम फेला पर्नाले सशस्त्र द्वन्द्वमा संलग्नबाटै बम राखिएको हुन सक्ने स्थानीयवासीले आशङ्का गरेका छन् । रासस
















नराकोट–हाटसिंजा सडक स्तरोन्नति गर्न स्रोत सुनिश्चित
बजाजको क्यूआर क्याम्पेन: एक स्क्यानमै चम्किनेछ भाग्य
RSP Vice Chair Aryal files nomination paper for HoR speaker
Home Minister visits Gen Z movement injured at hospital
मैत्रीपूर्ण खेलमा सेनाको टोली विजयी
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
ठगीको अभियोगमा एक जना पक्राउ
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
प्रतिक्रिया