काठमाडौं जिल्ला प्रशासनले भन्यो-सभा सम्मेलन नगर्नू
मेरोन्यूज
२०७८ वैशाख ८ गते १८:४४
काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयले सभा सम्मेलन नगर्न आग्रह गरेको छ । मन्त्रिपरिषद्को वैशाख ६ को निर्णय अनुसार कतिपय ठाँउमा सभा सम्मेलन जारी रहेको देखिएकोले त्यसरी सभा सम्मेलन नगर्न काठमाडौं जिप्रकाले निर्देशन गरेको हो ।
जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत मानबहादुर बुढाले सूचना जारी गर्दै मन्त्रिपरिषद्को निर्णयबाट भएको आदेशको ७ मा उल्लेख भएको व्यवस्था विपरित कतिपय सरकारी तथा सार्वजनिक निकायहरु, निजी तथा गैरसरकारी संघ/संस्थाहरुले भौतिक रुपमै उपस्थित भएर विभिन्न सभा सम्मेलन, गोष्ठी, सेमिनार, बैठक, तालिम तथा प्रशिक्षणहरु सञ्चालन गरेको भन्ने गुनासो प्राप्त हुन आएकोले त्यस्ता कार्यक्रम भर्चुअल विधिबाट सञ्चालन गर्न निर्देशन गरेका हुन् ।

सम्बन्धित
















एमालेको सचिवालय बैठक जारी
संवैधानिक इजालाससम्बन्धी छुट्टै ‘वेव पोर्टल’ प्रारम्भ
सभामुखमा डीपी अर्याल निर्विरोध निर्वाचित
सिन्धुलीमा माइक्रोबस र बस एकापसमा ठोक्किँदा १० जना घाइते
देववृक्ष उत्पादन गर्दै डिभिजन वन कार्यालय
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
ठगीको अभियोगमा एक जना पक्राउ
प्रतिक्रिया