ओली र नेपालबीच भेटवार्ता सकियाे, के कुराकानी भयो ?

काठमाडौं । नेकपा (एमाले) विभाजनको संघारमा पुगेको अनुमान गरिरहेको अवस्थामा अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीचको भेटवार्ता भर्खरै सकिएको छ ।
नक्सालस्थित होटल मेरियटमा आज साँझ भएको भेटमा उनीहरुबीच पार्टीभित्र देखिएको संघर्षका विषयमा छलफल भएको थियो । भेटमा कुनै ठाेस सहमति नभएकाे नेपाल पक्षीय एक नेताले बताए ।
भेटवार्तामा अर्थमन्त्रीसमेत रहेका नेता विष्णु पौडेल पनि सहभागिता थियाे । नेता नेपाल हाेटल परिसरमा उपस्थित संचारकर्मीलाई कुनै प्रतिक्रिया नदिइ निस्किएका छन् ।
प्रधानमन्त्री र माधव नेपालबीच मेरियट होटलमा भेटवार्ता
सर्वाेच्च अदालतले एमाले ब्यूँताइदिएपछि दुई नेताबीच दूरी बढेकाे थियाे । ओलीले पार्टीमा एकलाैटी गरेकाे भन्दै नेता नेपालले समानान्तर अभ्यास सञ्चालन गरिरहेका थिए । चैत पहिलाे साता पनि ओली र नेपाल पक्षबीच पार्टी कार्यालय धुम्रबाराहीमा छलफल भएकाे थियाे ।
















नराकोट–हाटसिंजा सडक स्तरोन्नति गर्न स्रोत सुनिश्चित
बजाजको क्यूआर क्याम्पेन: एक स्क्यानमै चम्किनेछ भाग्य
RSP Vice Chair Aryal files nomination paper for HoR speaker
Home Minister visits Gen Z movement injured at hospital
मैत्रीपूर्ण खेलमा सेनाको टोली विजयी
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
ठगीको अभियोगमा एक जना पक्राउ
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
प्रतिक्रिया