पत्रकार अधिकारीको कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु
मेरोन्यूज
२०७८ वैशाख ९ गते ७:३७

दाङ । दाङका पत्रकार दामोदर अधिकारीको कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु भएको छ ।
घोराही उपमहानगरपालिका–१७ बेलभार निवासी ४० वर्षीय पत्रकार अधिकारीको मङ्गलबार राति काठमाडौंमा उपचारका क्रममा मृत्यु भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
अधिकारीले चैत २५ गते नेपाल पत्रकार महासंघ दाङमा निर्वाचनमा मतदान गरेका थिए । चैत २६ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा पिसिआर परीक्षणका क्रममा उनलाई कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
स्वास्थ्य अवस्था बिग्रँदै गएपछि वैशाख ३ गते अधिकारीलाई हेलिकप्टर चार्टर्ड गरी थप उपचारका लागि काठमाडौं ल्याइएको थियो ।
गोरक्ष राष्ट्रिय दैनिक दाङमा लामो समयदेखि कार्यरत अधिकारी पछिल्लो समयमा व्यवसायमा पनि संलग्न थिए । (रासस)
सम्बन्धित
















नराकोट–हाटसिंजा सडक स्तरोन्नति गर्न स्रोत सुनिश्चित
बजाजको क्यूआर क्याम्पेन: एक स्क्यानमै चम्किनेछ भाग्य
RSP Vice Chair Aryal files nomination paper for HoR speaker
Home Minister visits Gen Z movement injured at hospital
मैत्रीपूर्ण खेलमा सेनाको टोली विजयी
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
ठगीको अभियोगमा एक जना पक्राउ
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
प्रतिक्रिया