ओली र नेपालबीच वार्ता सकियो, वार्तामा कुनै प्रगति नभएको नेता नेपालको प्रतिक्रिया

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको दोस्रो दिनको वार्ता सकिएको छ । होटल मेरियटमा ओली र नेपालबीच भेटवार्ता भएको हो ।
भेटमा के कुराकानी भयो भन्नेबारे केही खुलेको छैन । बुधबार साँझ भएको वार्तामा ठोस सहमति जुट्न नसकेको पछि आज फेरी भेटवार्ता भएको जनाइएको छ । सत्तारुढ दल एमालेमा भित्रको विवाद उत्कर्षमा पुगेका बेला दुई नेताबीच भएको वार्तालाई महत्वको साथ हेरिँदै आएको छ ।
आजको भेटपछि सञ्चारकर्मीलाई छोटो प्रतिक्रिया दिदै नेता नेपालले कुराकानीमा कुनै प्रगति नभएको बताए । पार्टी अध्यक्षसँगको वार्तामा कुनै प्रगति नभएको नेकपा नेता माधवकुमार नेपालले बताएका छन् ।
बिहीबार होटल मेरियटमा बसेको दुवै नेताहरुबीचको छलफलपछि नेता नेपालले बुधबारको वार्तामा केही आश लागेको थियो तर आज सकिएको बताए । दुई नेताबीचको छलफलमा कुनै प्रगति नभएको नेता नेपालले बनाइ रहेको छ । नेता नेपालका अनुसार अब कहिले बैठक बस्छ भन्ने कुनै टुंगो लागेको छैन ।
















यस्तो छ आजका लागि कृषिउपजको मूल्य
कीर्तिमानको रोचक यात्राः राेनाल्डाे पछि मेसी बने ९०० गाेलकाे राेचक यात्रा पुरा गर्ने फुटबलर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
‘धुरन्धर २’ ले रिलिजअघि नै कमायो १०० करोड, तोड्यो बाहुबलीको रेकर्ड
सुर्खेतमा दुई छोराछोरीसहित आमा सम्पर्कविहीन, भेरी किनारमा भेटियो मोबाइल र झोला
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
रास्वपाकाे सांसद अभिमुखीकरण कार्यक्रममा मोबाइल निषेध, आफन्त पनि प्रतिबन्ध
श्रीराम ग्यास उद्योगको गोदाममा लुकाएको छ हजार सिलिन्डर बरामद
प्रतिक्रिया