रास्वपाकाे सांसद अभिमुखीकरण कार्यक्रममा मोबाइल निषेध, आफन्त पनि प्रतिबन्ध
मेरोन्यूज
२०८२ चैत २ गते १९:०८

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका लागि दुई दिने विशेष अभिमुखीकरण कार्यक्रम आयोजना गर्ने भएको छ।
पार्टीले मंगलबार र बुधबार ललितपुरको होटल रोयल टुलिप, ग्वार्कोमा सांसदहरूको अभिमुखीकरण हुने जनाएकाे छ ।
प्रशिक्षणमा आउने सांसदहरूलाई रास्वपाले ६ बुँदे निर्देशन जारी गरेको छ।
पार्टीले हलभित्र मोबाइल फोन प्रयोगमा पूर्ण प्रतिबन्ध लगाएको छ। त्यसैगरी, कार्यक्रम अवधिभर सांसदहरूले परिवारका सदस्य, साथीभाइ वा अन्य कुनै पनि पाहुनालाई होटलमा आमन्त्रण गर्न पाउने छैनन्।
सांसदहरूका लागि पार्टीले नै खाना र आवासको व्यवस्था गर्ने भए पनि उनीहरूसँग आउने सवारी चालक वा सहयोगीहरूको व्यवस्थापन भने सांसद स्वयंले नै गर्नुपर्नेछ। चालकहरूको भोजन र आवासको व्यवस्था अन्य होटल वा स्थानमा गर्न पार्टीले आग्रह गरेको छ।

सम्बन्धित


















ट्रम्पले भने – इरानसँगको वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
राष्ट्रियसभा अध्यक्ष र अष्ट्रेलियाका सभामुखबीच भेट
क्रियाशील सदस्यता व्यवस्थित गर्न खोजेका हौँ : महामन्त्री पौडेल
इटालीलाई नेपालले दियाे ११३ रनकाे लक्ष्य
रास्वपा केन्द्रीय समिति बैठकका यस्ता छन् एजेन्डा
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
यी हुन् कांग्रेस बैठकका ८ बुँदे निर्णय
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
प्रतिक्रिया