पत्रकार महासंघले बनायो दुई वटा समिति

काठमाडौं । नेपाल पत्रकार महासंघले कोभिड–१९ संक्रमणको दोस्रो लहरबाट उत्पन्न हुन सक्ने समस्याका बारेमा पूर्व तयारी गर्न दुई छुट्टाछुट्टै समिति गठन गरेको छ । महासंघको आज बसेको पदाधिकारी बैठकले त्यस्तो निर्णष्य गरेको बैठक पछि महासंघका महासचिव रोशन पुरीद्दारा जारी विज्ञेप्तीमा उल्लेख छ ।
महासंघले कोभिड–१९ को दोस्रो लहरको ले सञ्चार क्षेत्रमा पार्ने समस्याको समग्र विषयको अनुगमन तथा समन्वय गर्न वरिष्ठ उपाध्यक्ष रमेश विष्टको संयोजकत्वमा उपाध्यक्षद्वय बाला अधिकारी, उदय जिएम, सचिवहरु पवन आचार्य र नारायण सुन्दर किलम्बुका साथै प्रदेशबाट निर्वाचित केन्द्रीय सदस्यहरु रहेको समिति गठन गरेको छ ।
त्यस्तै कोभिड–१९ को दोस्रो लहरको प्रभावबाट प्रेस स्वतन्त्रता, श्रमजीवी पत्रकार तथा सञ्चारगृहमा उत्पन्न हुनसक्ने समस्याको समाधान र समन्वय गर्न महासचिव रोसन पुरीको संयोजकत्वमा सचिव गोविन्द चौलागाईँ, लेखा समिति संयोजक लेखनाथ न्यौपाने, कोषाध्यक्ष कलेन्द्र सेजुवाल, केन्द्रीय सदस्यहरु रामकृष्ण अधिकारी, मणि दाहाल, शन्तराम बिडारी, विकास कार्की र कृति भट्टराई सदस्य रहेको अर्काे समिति समेत गठन गरेको छ ।
महासंघले कोभिड–१९ को दोस्रो लहरबाट जोगिदैँ स्वास्थ्य सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर मात्रै पेशागत कर्तव्य पूरा गर्न आम सञ्चारकर्मीलाई आग्रह गरेको छ । सञ्चारगृहलाई पनि कार्यरत सञ्चारकर्मी र कर्मचारीका लागि स्वास्थ्य सतर्कतामा विशेष ध्यान दिई काम गर्ने वातावरण मिलाउन आग्रह गरेको छ ।
समाचारकक्षमा सामाजिक दूरी कायम गर्ने, सकभर घरबाटै काम गर्ने वातावरण मिलाउने, पर्याप्त स्वास्थ्य सामग्रीको व्यवस्थापन गर्र्न र प्रविधिको उच्चतम प्रयोग गरेर सुरक्षित वातावरण निर्माण गर्न सञ्चार प्रतिष्ठानलाई महासंघ आग्रह गरेको छ ।
















पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित
प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट
काठमाडौंसहित धेरै ठाउँमा वर्षा, सबैभन्दा बढी सुर्खेतमा
चुनावी मैदानमा हार्दिकता प्रस्तुत गर्दै उम्मेदवार
नेकपालाई पहिलो शक्ति बनाउने गरी लाग्न नेता कार्यकर्तालाई प्रचण्डको निर्देशन
लामिछानेविरुद्धको मुद्दामा थप प्रमाण झिकाउन आदेश
सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा हुँदैछ काराेबार ?
स्कटल्यान्डसँग पराजित भएसँगै समूह चरणबाटै बाहिरियो नेपाल
बालेन शाहविरूद्ध निर्वाचन आयोगमा उजुरी
प्रतिक्रिया