एमाले पाँच सांसदले बुझाएन्न स्पष्टीकरण : आवश्यक निर्णय गर्ने जिम्मा स्थायी कमिटीलाई

काठमाडौँ । नेकपा एमाले पार्टीले २७ जना संघिय सांसद्लाई स्पष्टीकरण सोधेकोमा पाँच जना सांसदले अझै स्पष्टीकरण बुझाएका छैनन् । स्पष्टीकरण नबुझाउनेमा योगेश भट्टराई, रामकुमारी झाँक्री, मेटमणि चौधरी, निरु जैरी र दीपक भट्ट रहेका छन् ।
स्पष्टीकरण बुझाएका अरुको सबैको स्पष्टीकरण तुलानात्मक हिसाबले सफ्ट कर्नरबाट स्पष्टीकरण आएको पार्टी अध्यक्ष केपी शर्मा ओलीले बैठकमा बताएका थिए । उनले एउटै प्रकृतिको उत्तर आएको बताउँदै कतै बसेर निर्णय गरेर स्पष्टीकरण लेखेको देखिएको बताएका थिए । बैठकमा ओली कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने प्रदेश सांसदहरूले आफ्नै ढंगले स्पष्टीकरण दिएको जानकारी गरामएका थिए ।
बैठकले कर्णाली प्रदेश सभाका सदस्य देवी ओलीको बारेमा थप स्पष्टीकरण सोध्ने र बाँकी सबैलाई पार्टी सदस्य र सांसद पद नरहने गरि कारबाही गर्ने निर्णय गरेको छ । बैठकको निर्णय कार्यान्वयनका लागि कर्णाली प्रदेश सभामा पत्र लेख्ने जनाइएको छ । सांसदको स्पष्टीकरण र व्यवहार हेरेर आवश्यक निर्णय गर्ने जिम्मा स्थायी कमिटीलाई दिने बैठकले निर्णय गरेको छ।
















Two arrested for cheating people of Rs 1.75 million
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक राष्ट्रियसभाबाट पारित
NC President Thapa calls for addressing public discontent and anger through reform
आजदेखि चलचित्र ‘रमिताको पिरती’ र ‘कुमारी’ प्रदर्शनमा
समानुपातिक बन्दसूचीः युवामा महिला र पुरुषमा प्रौढ उम्मेदवार बढी
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
सुनचाँदीको मूल्य फेरि बढ्यो, आजकाे मूल्य कति ?
राष्ट्रपति पौडेललाई ‘गार्ड अफ अनर’
दीपेन्द्र र आरिफको अर्धशतकमा युएईमाथि नेपालको सानदार जित
साफ यु–२० च्याम्पियनसिपको खेल तालिका सार्वजनिक
प्रतिक्रिया