नेपाली जनताको स्वाभिमान ठडियोः मुख्यमन्त्री पौडेल
मेरोन्यूज
२०७८ वैशाख १० गते १५:१८

काठमाडौँ । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सरकार नेपाली जनताको वर्षौंदेखिको सपना साकार पार्न तल्लीन रहेको बताएका छन् । भर्खरै पुनःनिर्माण सम्पन्न भएको धरहरा अवलोकनपछि आज एक सन्देश जारी गर्दै मुख्यमन्त्री पौडेलले सरकारका पाइला समृद्ध नेपाल सुखी नेपाली निर्माणको महान् लक्ष्यतर्फ अगाडि बढेको उल्लेख गरेका हुन् ।
“ढलेका लाखौँ घर ठडिए, हजारौँ विद्यालय ठडिए, हजारौँ मठ, मन्दिर, चर्च, गुम्बा ठडिए, ऐतिहासिक धरोहर ठडिए र ठडियो हाम्रो धरहरा ! यो केवल धरहरा मात्रै ठडिएको होइन, नेपाली जनताको स्वाभिमान ठडिएको हो । “बन्दै गरेका बाटा, पुल, सुरुङ, अस्पताल, विमानस्थल, कलकारखाना तथा कृषि उद्यम हेर्दा लाग्छ साँच्चै नै हाम्रो पाइला समृद्ध नेपाल सुखी नेपाली निर्माणको महान् लक्ष्यतर्फ अगाडि बढेको छ”, पौडेलद्वारा जारी सन्देशमा उल्लेख छ ।
––– रासस
सम्बन्धित









बहुमत ल्याउने ल्याकत छ, एमाले चुनावबाट भाग्छ भन्ने कसैले नसोचे हुन्छ : ओली (सम्बोधनको पूर्णपाठ)
एनपीएल फाइनल : लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै सुदूरपश्चिम
लोकतन्त्र अजेय छ, एमाले अजम्बरी छ : ओली
सुनसरी–१ मा कांग्रेसबाट उम्मेदवारका लागि ८ जनाको नाम सिफारिस
एमाले कमजाेर भएकाे छैन, झनै शक्तिशाली बनेको छ : शंकर पोखरेल
लुम्बिनीविरुद्ध ब्याटिङ गर्दै काठमाडौँ
लुम्बिनी दोस्रो क्वालिफायरमा, काठमाण्डु बाहिरियो
अछाममा प्रथम जीबी मेमोरियल स्कुल क्रिकेट प्रिमियर लिग सुरु
काठमाण्डुले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य
सरकार र जेनजीबिच दश बुँदे सम्झौता ( बुँदासहित )
प्रतिक्रिया