शुक्रबार, वैशाख ११, २०८३

डा.कोइरालाले बाल अस्पताल निर्माणका लागि सुर्ती कम्पनीबाट ५ करोड सहयोग लिन लागेको आपत्ति

मेरोन्यूज २०७८ वैशाख १० गते १७:३४

काठमाडौं । बरिष्ठ मुटुरोग विशेषज्ञ डा भगवान कोइरालाको नेतृत्वमा बन्न लागेको काठमाडौँ इस्टिच्युट अफ चाइल्ड हेल्थ (बाल अस्पताल) निमार्णका लागि नेपालकै सबैभन्दा ठूलो चुरोट कम्पनी सूर्य नेपालले ५ करोड रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ ।

Advertisement
NiccNicc

शुक्रबार मेरियट होटलमा हुने सहयोग आदानप्रदान सम्वन्धी सम्झौँता पत्रमा काठमाडौँ इस्टिच्युट अफ चाइल्ड हेल्थका तर्फबाट डा.कोइराला र चुरोट कम्पनीका तर्फबाट सूर्य नेपालका उपाध्यक्ष रबि केसीले हस्ताक्षर गर्ने बताइएको छ ।

यता, शुक्रबार सुर्तीजन्य पदार्थ नियन्त्रणमा क्रियाशिल छ वटा संस्थाले पत्रकार सम्मेलन गरी चुरोट कम्पनीबाट आर्थिक सहयोग लिएर बाल अस्पताल बनाउने डा।कोइरालाको योजना कानूनविपरित रहेको भन्दै आपत्ति जनाएका छन् ।

डा.कोइरालाले आफ्नो अगुवाईमा बनाउन लागेका बाल अस्पतालका लागि सूर्य नेपालले संस्थागत उत्तरदायित्व अन्तरगर्त ५ करोड रुपैयाँ दिन लागेको बताए ।

त्यसैगरी, सूर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन निर्देशिका ऐन २०६८ को दफा १० मा सुर्तीजन्य पदार्थको विज्ञापन तथा प्रायोजन गर्न नपाइने व्यवस्था छ ।
सोही ऐनलाई टेकेर बनाइएको सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन निर्देशिका २०७१ को दफा २२ को १ ले सरकारी वा गैरसकारी वा निजी क्षेत्रबाट सञ्चालित शिक्षण संस्था, मदरसा, नाट्यशाला, धार्मिक प्रवचन,सत्संग, स्वास्थ्य संस्था आदिलाई आर्थिक, प्राविधिक, भौतिक संरचना ताथ अन्य कुनै पनि प्रकारको सहयोग उत्पादक लगायतले प्रदान गर्न नपाउँने उल्लेख छ ।

सोही उपदफा ६ मा सार्वजनिक निकायका पदाधिकारीहरुले सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमन गर्ने लगायतका कुनै पनि गतिविधि वा कार्यक्रममा सुर्ती उद्योगहरुको सहभागिता र सहकार्य गर्नु नहुने भनिएको छ ।

कानूनको पालना गराउन विगतमा थुप्रै पटक सहकार्य गरेको स्मरण गर्दै एक्सन नेपालका अध्यक्ष आनन्दबहादुर चन्दले डा.कोइरालाले यस्तो गल्ती नगर्न आग्रह गरे ।

प्राथमिक स्वास्थ्य शिक्षा स्रोत केन्द्र (रेस्फेक)का कार्यकारी निर्देशक शान्तलाल मुल्मीले सुर्तीजन्य पदार्थको प्रयोग नियन्त्रण गर्ने विषयमा टेलिभिजनबाट सन्देश बाँडदै हिड्ने डा.कोइरालाबाट यस्तो कार्य हुन नहुने बताए ।

नेपाल बार्षिक २७ हजार बढीको सुर्तीजन्य पदार्थको सेवनबाट मृत्यु हुने गरेको छ । सोही मृत्युलाई नियन्त्रण गर्न सरकारले विसं २०६८ सालमा कानून निर्माण गरेको थियो । सूर्य नेपाल सोही कम्पनी हो जसले सरकारले बनाएको कानूनको निरन्तर उलंग्घन गर्दै आएको छ ।

प्रतिक्रिया