‘मैले रोजेँ रुन र तिमीलाई माया गर्न’ : कवितासङ्ग्रह प्रकाशन

कहिले पनि जीवन खेर नफाल
कहिले पनि मानवताको परीक्षा नलिनू
स्वयंलाई प्रेम गर्नू
र अरू सबैलाई
चिनियाँ लेखक याङ शिङशियाङको कवितासङ्ग्रह ‘मैले रोजेँ रुन र तिमीलाई माया गर्न’ प्रकाशनमा आएको छ । कवि तथा अनुवादक युयुत्सु आरडी शर्माद्वारा अङ्ग्रेजीबाट अनुदित तथा ह्वाइट बुक लोटस शप कोपुण्डोलद्वारा प्रकाशित द्विभाषी सो कृतिमा १३५ थान कविता समाविष्ट छन् ।
नेपाललाई अति माया गर्ने कविको हिमालमाथिको काल्पनिक उडानमा केन्द्रित यी कविता धेरै चिज बनाउने आधुनिक चीनको व्यस्त जीवनमा शान्तिको खोजी पनि गरेका छन् । चिनियाँ जनजीवन, व्यक्तिगत अनुभव, समय यसका विषयवस्तु हुन् । यी कवितामा विश्वव्यापी पहिचान खोजिरहेको आधुनिक चीनको प्रखर र पृथक प्रस्तुति पाइने अनुवादक शर्माले बताए ।
“कवितासङ्ग्रह चीनको विविध अनुहारको प्रस्तुति पनि हो”, शर्माले भने । धेरै पुरस्कारबाट सम्मानित तथा धेरै संस्थासँग आबद्ध शिङशियाङ चिनियाँ साहित्यमा न्यु स्कार कविता आन्दोलनका प्रणेता, साहित्य समालोचक तथा रेनमिन युनिभर्सिटी, बेजिङमा साहित्य विषयका प्राध्यापक पनि हुुन् ।
शरीर र मासु मैले भन्नैपर्छ
मासुभित्र रहेको जङ्गल
यसको गहिराइमा बस्छ
अनन्त झरना बास गर्छ
अनन्त कालो सङ्गीतका साथ
((( रासस









युवा पुस्ताले जवाफदेही, उत्तरदायी र भ्रष्टाचारमुक्त शासन चाहन्छ : प्रधानमन्त्री कार्की
सञ्चारमन्त्री खरेल स्वदेश फिर्ता
बढ्यो पेट्रोल र डिजेलको मूल्य
एमाले चुनाव विरोधी र चुनावबाट विचलित हुने पार्टी होइन: एमाले नेता
आज २०८२ साल कात्तिक २७ गते बिहीबारको राशिफल
मधेस प्रदेशका सभामुखविरुद्ध अविश्वास प्रस्ताव दर्ता
आईजीपी कार्कीको निर्णय : कार्यालय सहयोगीदेखि वरिष्ठ सईसम्मलाई सहुलियत कर्जा बढाउने
आज २०८२ साल कात्तिक २८ गते शुक्रबारको राशिफल
रवि र छविको मुद्दामा मिसिल झिकाउने आदेश
प्रतिक्रिया