‘मैले रोजेँ रुन र तिमीलाई माया गर्न’ : कवितासङ्ग्रह प्रकाशन

कहिले पनि जीवन खेर नफाल
कहिले पनि मानवताको परीक्षा नलिनू
स्वयंलाई प्रेम गर्नू
र अरू सबैलाई
चिनियाँ लेखक याङ शिङशियाङको कवितासङ्ग्रह ‘मैले रोजेँ रुन र तिमीलाई माया गर्न’ प्रकाशनमा आएको छ । कवि तथा अनुवादक युयुत्सु आरडी शर्माद्वारा अङ्ग्रेजीबाट अनुदित तथा ह्वाइट बुक लोटस शप कोपुण्डोलद्वारा प्रकाशित द्विभाषी सो कृतिमा १३५ थान कविता समाविष्ट छन् ।
नेपाललाई अति माया गर्ने कविको हिमालमाथिको काल्पनिक उडानमा केन्द्रित यी कविता धेरै चिज बनाउने आधुनिक चीनको व्यस्त जीवनमा शान्तिको खोजी पनि गरेका छन् । चिनियाँ जनजीवन, व्यक्तिगत अनुभव, समय यसका विषयवस्तु हुन् । यी कवितामा विश्वव्यापी पहिचान खोजिरहेको आधुनिक चीनको प्रखर र पृथक प्रस्तुति पाइने अनुवादक शर्माले बताए ।
“कवितासङ्ग्रह चीनको विविध अनुहारको प्रस्तुति पनि हो”, शर्माले भने । धेरै पुरस्कारबाट सम्मानित तथा धेरै संस्थासँग आबद्ध शिङशियाङ चिनियाँ साहित्यमा न्यु स्कार कविता आन्दोलनका प्रणेता, साहित्य समालोचक तथा रेनमिन युनिभर्सिटी, बेजिङमा साहित्य विषयका प्राध्यापक पनि हुुन् ।
शरीर र मासु मैले भन्नैपर्छ
मासुभित्र रहेको जङ्गल
यसको गहिराइमा बस्छ
अनन्त झरना बास गर्छ
अनन्त कालो सङ्गीतका साथ
((( रासस
















कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
मौसम पूर्वानुमान : केही यी स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
प्रतिक्रिया