आजको राशिफलः वैशाख १२ गते आइतबार

काठमाडौं । आज २०७८ साल वैशाख महिनाको १२ गते आइतबार, चैत्र शुक्लत्रयोदशी तिथि । आज महावीर जयन्ती । अब लागौं आजको राशिफलतर्फ
मेष
आत्मबलको विकाश हुने छ । नेतृत्वको अवसर प्राप्त हुने छ । दृढ ब्यक्तित्व हुने भएता पनि मनमा निरन्तर दुबिधा उत्पन्न भइरहने हुनाले उदासिनता देखा पर्ने छ । पेशागत जीवनमा सन्तोषको अवस्था रहने छ । आम्दानी सकारात्मक बन्ने छ ।
वृष
रिस नियन्त्रणमा राख्न नसके आफ्नो ब्यक्तित्वमा नकारात्मक प्रभाव देखा पर्न जाने छ । भाग्यको साथ रहेकाले पेशागत जीवन र कमाईमा बृद्धि हुने छ । तल्लो पेट, मुत्रनली, गुदद्वार तथा महिलाको प्रसुतीसम्बन्धी विषयमा सतर्क रहनु होस् ।
मिथुन
पारीवारिक साथका कारण सुख सन्तोष मिल्ने छ । बिरोधिहरुले आक्रमण तिब्र पारे पनि उनीहरुसँग जुध्ने तागत प्राप्त हुने छ । भाग्यहिनताको आभाषले गर्दा कार्य सम्पादनमा बिलम्ब हुन जाने छ । दृढ ब्यक्तित्व हुने छ ।
कर्कट
छोटो छोटो यात्रा गर्नु पर्ने छ । अध्ययन अध्यापनमा बाधा ब्यवधानहरु उत्पन्न हुने छन् । साझेदारीमा गरिएका कामहरुबाट प्रतिफल प्राप्त हुने छ । ब्यवस्थापकीय खुबीमा बृद्धि हुने भएकाले पेशागत जीवनमा प्रगति हुने छ । पाचन प्रणालीसँग सम्बन्धित विषयमा सतर्क रहनु होला ।
सिंह
पारीवारिक मिलनको अवस्था आउने छ । पेशागत तथा ब्यवसायिक जीवनमा सफलता प्राप्त हुने छ । कार्य थालिएका विषयहरु सफलतातर्फ उन्मुख हुने छन् । भाग्य बलियो छ । प्रेममा सफलता मिल्ने छ । माथिल्लो पेट तथा छातिसम्बन्धी समस्याले पिरोल्ने छ ।
कन्या
सितल खालको ब्यक्तित्व हुने छ । आफूले सृजना गर्न सकेको आम्दानी तथा प्राप्त प्रतिफलका कारण ब्यक्तित्वमा दृढपना विकास हुने छ । तर पेशागत जीवनमा अस्थिरताको खतरा रहने छ । धन, सम्पत्ति तथा वित्तिय कमाई नोक्सान हुन जाने भएकाले सतर्क रहनु होला ।
तुला
पेशागत तथा ब्यवसायिक पक्षमा नोक्सानी हुने छ । यस विषयले मनमा उदासिनता बढाउने छ । जीवनसाथिको साथले अघि बढेमा नोक्सानीबाट बच्नुका साथै आम्दानीमा बृद्धि गर्न सकिने छ । तल्लो पेट तथा गुदद्वारसम्बन्धी विषयमा सतर्क रहनु होला ।
वृश्चिक
भाग्यको दरिलो साथका कारण आम्दानीमा बृद्धि हुने छ । मनले चाहेका सपनाहरु पुरा हुने तर्फ केन्द्रित हुँदै जाने छ । ब्यक्तित्वमा दुबिधात्मक स्वाभाव देखा पर्ने छ । शारीरिक कमजोरी बढ्ने देखिन्छ । पेशागत तथा ब्यावसायिक जीवनमा भने केही उतार चढाव आउने छ ।
धनु
पेशागत जीवनमा नसोचिएका बाधा ब्यवधानहरु निम्तिने छ । पारीवारिक जीवनमा भने मिठास थपिने छ । धन सम्पत्तिमा सकारात्मकता थपिने भएता पनि साझेदारीमा गरिएका कार्यहरुमा भने बिबाद बढ्न सक्ने छ । छोटो छोटो यात्रामा जानु पर्ने हुन सक्छ ।
मकर
दाम्पत्य जीवनको सक्रियतामा भाग्यको बृद्धि हुने छ । जीवनसाथिको साथले भाग्य बलियो बन्दै जाने छ । प्रतिष्पर्धात्मक क्षमता हुने छ । दृढ व्यक्तित्व हुने छ तर रिस र घमण्डलाई नियन्त्रण गर्ने प्रयास गर्नु होला । घर परीवारका सदस्यहरुले आफूमाथि विश्वास गर्ने छन् ।
कुम्भ
मनमा निराशा बढ्ने छ । चिसोले सताउला तथा पानीसँग सम्बन्धित विषयमा सतर्क रहनु पर्ने छ । पेशागत जीवनमा सफलता मिल्ने छ । आम्दानीमा बृद्धि हुने छ । न्याय क्षेत्रमा रहेकाहरुको पेशागत ज जीवनमा शुभ समय रहेको छ । त्यसैगरी ठेक्का पट्टा, घर घडेरी, जस्ता क्षेत्रमा सक्रियहरुलाई पनि फाईदा हुने छ ।
मीन
प्रेम सफल हुने छ । दाम्पत्य जीवनमा मधुरता उत्पन्न हुने छ । धन सम्पत्तिमा बृद्धि हुने छ । ब्यक्तित्वमा क्षिणपना आउने छ । भाग्यप्रति भरोसा भन्दा उदासिनता बढ्न जाने छ । सामाजिक सेवातर्फ मन लाग्ने छ । अध्ययनमा मन लाग्ने छ ।

ज्यो. दिवाकर पन्त
ज्यो. पन्त ज्योतिषी, वास्तु, रत्न एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८१३६३७२३८













विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
ग्लोबल आइएमई बैंककाे १९औँ वार्षिकोत्सवका अवसरमा सातै प्रदेशमा रक्तदान कार्यक्रम आयोजना
नबिल एसएसईको ‘सेलिब्रेटिङ फेलोसिप : जर्नी अफ इम्प्याक्ट’ कार्यक्रम सम्पन्न
खातामा प्यान नम्बर र इमेल अद्यावधिक गर्न ग्राहकहरूलाई एनआईसी एशिया बैंककाे आग्रह
नबिल बैंकको ४१औँ वार्षिक साधारणसभा सम्पन्न, सञ्चालक समितिको अध्यक्षमा चौधरी
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया