कोरोनाबाट गुल्मी र अर्घाखाँचीमा दुई जनाको मृत्यु
मेरोन्यूज
२०७८ वैशाख १२ गते ९:२४

अर्घाखाँची । कोरोना संक्रमणबाट गुल्मी र अर्घाखाँचीमा दुई जनाको मृत्यु भएको छ ।
गुल्मीको छत्रकोट गाउँपालिका–३ का ४५ वर्षीय पुरुषको गएराती घरमै निधन भएको हो । उनी वैशाख २ गते भारतबाट घर आएका थिए । भारतबाट आउँदा नै उनलाई ज्वरो आएको थियो ।
होम आइसोलेसनमा बसेका उनको राती निधन भएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताइन ।
यस्तै अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–१९ धनचौरका ५८ वर्षीय पुरुषको शुक्रवार निधन भएको छ ।
रुघाखोकी र ज्वरो आएका उनको घरमै मृत्यु भएको हो । कोरोना संक्रमणबाट अर्घाखाँचीमा हालसम्म १७ जना र गुल्मीमा १५ जनाले ज्यान गुमाएका छन् ।
सम्बन्धित
















संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै
नेशनल लाइफ इन्स्योरेन्सको मनोरञ्जनात्मक नारायणी क्रुज सफारी कार्यक्रम सम्पन्न
कोही कसैलाई पनि घरबारबिहीन बनाउँदैनौं : रवि लामिछाने
दिल्लीको एक घरमा एसी विस्फोटपछि आगलागी हुँदा ९ जनाको मृत्यु
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यकः पूर्वअर्थमन्त्री खनाल
विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्डसँग सहकार्य गर्ने शिक्षामन्त्रीको प्रस्ताव
प्रतिक्रिया