गोकर्णेश्वर मन्दिर क्षेत्रको अतिक्रमण गरेर बनेका संरचना खाली गर्न माग

काठमाडौँ । गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रको जग्गा अतिक्रमण गरेर बनेका संरचना खाली गर्न स्थानीयवासी र भक्तजनले माग गरेका छन् ।
धार्मिक, सांस्कृतिक, पुरातात्विक एवं ऐतिहासिक दृष्टिले महत्वपूर्ण गोकर्णेश्वर मन्दिर क्षेत्र अतिक्रमण गरी बनाइएका संरचना पनि खाली गराउन वर्षौंदेखि भक्तजनले माग गर्दै आएका छन् । मन्दिर क्षेत्रको जग्गा अतिक्रमणले स्थान अभाव भई यहाँ हुने धार्मिक एवं सांस्कृतिक गतिविधिमा असहज हुँदै आएको छ ।
गोकर्णेश्वर नगरपालिका–४ मा पर्ने मन्दिर क्षेत्रको जग्गा अतिक्रमण भएका कारण प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन लाग्ने मेलामा समस्या हुने गरेको छ ।
यसैगरी, आश्विन कृष्ण पक्ष अर्थात् पितृ पक्षमा पनि गोकर्णेश्वर मन्दिर क्षेत्रमा स्थान अभावकै कारण समस्या हुने गरेको छ । पौष कृष्ण औँसीमा पनि गोकर्णेश्वर मन्दिर क्षेत्रमा हजारौँ भक्तजनको घुइँचो लाग्ने गरेको छ । यस क्षेत्रमा सार्वजनिक जग्गा अतिक्रमण गरी १४ वटा घर निर्माण भएको वडाअध्यक्ष जयराम महतले जानकारी दिए ।
मन्दिरमाथि करिब ६५० रोपनी जग्गाको सामुदायिक वन छ । यज्ञडोल ९जगडोल० सामुदायिक वनमा हाल राष्ट्रिय सहिद तथा निजामती स्मारक निर्माण भइरहेको छ । मन्दिरसँगै जोडिएको सार्वजनिक जग्गामा बनेका १४ वटा घर पछिल्लो समय सहयोगी माध्यमिक विद्यालयलाई भोगाधिकार दिएको सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सुदर्शन सिग्देलले जानकारी दिए । यो क्षेत्रलाई पहिलेदेखि नै व्यवस्थित बनाउन खोजे पनि हुन सकेको छैन ।
गोकर्णेश्वर मन्दिर क्षेत्रलाई व्यवस्थित बनाउन काठमाडौँ उपत्यका विकास प्राधिकरणसम्म पनि प्रस्ताव पुगेको थियो । प्राधिकरणका तत्कालीन विकास आयुक्त भाइकाजी तिवारीले मन्दिर क्षेत्रको जग्गामा बनेका घर भत्काएर सुन्दरीजल जाने सडक पनि सारेर मन्दिर क्षेत्रलाई व्यवस्थित बनाउन सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । त्यसबेला वडाले सहयोग नगरेका कारण काम हुन नसकेको गोकर्णेश्वर मन्दिर जीर्णोद्धार एवं छाना पुनःनिर्माण समितिका अध्यक्ष कोमलबहादुर विष्टले बताए ।
मन्दिर क्षेत्रको जग्गामा घर बनाएकाको अन्यत्र पनि घर जग्गा रहेको वडा कार्यालयले जनाएको छ । अन्यत्र अतिक्रमित घर जग्गा खाली गराइरहेका बेला यहाँका संरचना पनि खाली गरिनुपर्ने स्थानीयवासी र मन्दिरमा दैनिक आउने भक्तजनको गुनासो छ ।
















गोकर्णेश्वर मन्दिर क्षेत्रको अतिक्रमण गरेर बनेका संरचना खाली गर्न माग
Illegal structures at Sattale, Pathibhara and Tenjing Chowk of Kapan are being razed down
अब कम्युनिस्ट एकता गरेर समाजवादको यात्रा सुरु गछौँः संयोजक दाहाल
फुटबल प्रतियोगिता : पशुपति र हिलारी सेमिफाइनलमा
केन्यामा बाढीका कारण कम्तीमा १० जनाको मृत्यु
रोल्पामा जिप दुर्घटना, १५ जना गम्भीर घाइते
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यकः पूर्वअर्थमन्त्री खनाल
प्रतिक्रिया