अवैध हतियार कारोबारमा संलग्न प्रहरीका जवान सहित ८ जना पक्राउ

पर्सा । जिल्लाको विरगन्ज महानगरपालिकाबाट अवैध लागुऔषध र हतियार कारोबार गर्ने एक प्रहरी जवान सहित ८ जना पक्राउ परेका छन् ।
पर्सा प्रहरीले रौतहटको सखुवा नगरपालिका १ घर भइ जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी जवान अवधेश यादव, मकवानपुरको मनहरी गाउँपालिका ५ का २५ वर्षीय राजु रानामगर, पर्साको वीरगन्ज महानगरपालिका १२ मुर्लीका ४३ वर्षीय लालबाबु सिंह, ३५ वर्षीय श्यामबाबु कुशवाहा, ४२ वर्षीय अरविन्दप्रसाद गुप्ता, ४२ वर्षीय कुँवर सिंह, वीरगन्ज महानगरपालिका वडा नम्बर १५ का २४ वर्षीय नन्दन सिंह र रोशन सिंहलाई पक्राउ गरेको हो ।
उनीहरुको साथबाट स्वचालित २ थान पेस्तोल , ४ थान म्याग्जिन, लागूऔषध डाइजिपाम, नुर्फिन र फेनार्गन गरेर ३ सय एम्पुल र निट्राभेट ट्याब्लेट १ हजार २ सय पिस बरामद भएको पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जनाएको छ ।
पक्राउ परेका सबैलाई हिरासतमा लिई लागुऔषध मुद्दामा अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक पाण्डेले बताए।

















चितवन-३ मा रास्वपाकी सोविता गौतम भारी मतान्तरका साथ विजयी
४५ स्थानको नतिजा आउँदा ५ क्षेत्रमा महिला विजयी
दाङ-२ शंकर पोखरेललाई हराउँदै रास्वपाका आचार्य विजयी
सुनसरी – १ मा अग्रता बढाउँदै हर्क
तनहुँ – १ मा रास्वपा उपसभापति स्वर्णिम वाग्ले विजयी
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
मतदान केन्द्रमा ‘सिसिटिभी क्यामेरा’
राष्ट्रिय सुरक्षा परिषदको बैठक जारी
एकै दिन देशका १४ ठाउँमा भेटियो शंकास्पद वस्तु
प्रतिक्रिया