स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता

काठमाडौँ, १६ चैतः स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री निशा मेहतासँग स्वास्थ्य बिमा बोर्डका पदाधिकारीले आज छलफल गरेका छन् ।
मन्त्रालयमा आयोजित छलफल कार्यक्रममा मन्त्री मेहताले छरिएर रहेका स्वास्थ्य सुरक्षा कार्यक्रम स्वास्थ्य बिमामार्फत एकद्वार प्रणालीमा सञ्चालन गरी गरी अघि बढाइने बताइन्।
उनले स्वास्थ्यका सामाजिक सुरक्षा कार्यक्रमलाई एक ठाउँमा ल्याउन सके वित्तीय अवस्था बलियो हुनेसमेत बताइन् । छलफलमा मन्त्री मेहतासँग स्वास्थ्य बिमा कार्यक्रमलाई कसरी प्रभावकारी बनाउने र यसका चुनौतीबारे छलफल गरिएको बोर्डका सूचना अधिकारी विकेश मल्लले जानकारी दिए ।
उनका अनुसार मन्त्री मेहतालाई स्वास्थ्य बिमा बोर्डले हालसम्म भोग्नुपरेका चुनौती, भुक्तानी समस्याबारे पनि अगवत गराइएको छ । छलफलमा प्यूठानबाट निर्वाचित सांसद सुशान्त वैदिकले स्वास्थ्य बिमालाई व्यवस्थित बनाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा स्वास्थ्य सचिव डा विकास देवकोटा, बोर्डका कार्यकारी निर्देशक डा कृष्णप्रसाद पौडेलेको सहभागिता रहेको थियो ।















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
प्रतिक्रिया