सप्तरीका पत्रकार मेहताको निधन
मेरोन्यूज
२०७८ वैशाख १४ गते ६:५९

सप्तरी । सरल र स्वाभिमानी छवि बनाएका सप्तरीका पत्रकार उपेन्द्रनारायण मेहताको ६७ वर्षको उमेरमा सोमाबार निधन भएको छ ।
आइतबार राति एक पटक पखाला लागेर अस्वस्थ रहेका पत्रकार मेहताको बिहान नुहाएर नास्ता खाई सुतेको अवस्थामा मृत्यु भएको पारिवारले जनाएको छ ।
राजविराज नगरपालिका–९ मलेठ निवासी मेहताका श्रीमती, तीन छोरी र एक छोरा छन् । पञ्चायतकालदेखि नै प्रेस मजदुर रही नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का सदस्य मेहता पत्रिकाको हकर, व्यवस्थापक हुँदै पछिल्लो दुई दशकदेखि पत्रकारिता गर्दै आएका थिए ।
उनी हाल ‘द पब्लिक मेमो’ र ‘सण्डे टाइम्स’ हिन्दी साप्ताहिकमा संवाददाता तथा ‘पूर्व प्रभात’ दैनिकमा व्यवस्थापकका रूपमा कार्यरत थिए ।
त्यसअघि मेहताले विभिन्न पत्रिकामा काम गरेको परिवारका सदस्यले बताएका छन् । उनको सोमबार राति नै दाहसंस्कार गरिएको छ ।
सम्बन्धित
















जुम्लाको कुडारीमा आगलागी हुँदा एक जनाको मृत्यु
UML chair Oli undergoing health examinations at TUTH
रमेश लेखक पक्राउ परेपछि कांग्रेसले बोलायो पदाधिकारी बैठक
ओली र लेखकलाई महाराजगञ्जस्थित प्रहरीको २ नम्बर गणमा राखिने
ओली पक्राउ परेपछि एमाले केन्द्रिय सचिवालय बैठक च्यासलमा जारी
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
रास्वपा सभापति रवि लामिछानेलाई अमेरिकाले दियाे बधाई
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स नवौं वर्षमा प्रवेश
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
प्रतिक्रिया