कांग्रेस-माओवादी समझदारीमा अड्किएका यी विषय
अविश्वास प्रस्तावमा संख्याको सुनिश्चितता र एमसीसी पारित गर्ने समझदारी पहिले नै हुनुपर्ने देउवाको अडानमा माओवादी लचिलो बन्दै जान थालेको छ

काठमाडौँ । कांग्रेस सभापति शेरवहादुर देउवाले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारको विकल्पमा बन्ने नयाँ समिकरणमा दुई ओटा विषयमा पहिल्यै प्रष्टता हुनुपर्ने अडान राखे । त्यो हो – अविश्वास प्रस्तावमा संख्याको सुनिश्चितता र दोश्रो एमसीसी प्रस्ताव अनुमोदनको सुनिश्चितता ।
देउवाका यी दुवै प्रस्ताव ओली सरकार जसरी पनि फाल्नै पर्ने अडानमा रहेको माओवादी केन्द्रका लागि अप्ठायारो विषय थियो । संसदमा संख्याको सुनिश्चितता काग्रेस र माओवादी केन्द्रको मतले मात्र प्रर्याप्तता थिएन । काग्रेस, माओवादी र सिंगो समाजवादी एकातिर मिल्नुपर्ने अवस्था थियो । जसपाभित्रको महन्थ ठाकुर र राजेन्द्र महतो अहिले ओली सरकारको विकल्पमा काग्रेस माओवादी गठवन्धनसँग मिल्ने पक्षमा उदार देखिएका छैनन् ।
यसले देउवालाई अविश्वास प्रस्ताव ल्याउने तर पारित नहुने अवस्था आएमा त्यसले ब्यर्थको सत्ता किचलोमा मात्र परेको आरोप लाग्ने थियो । त्यसकारण पनि उनी संसदको वहुमत संख्याको सुनिश्चितता खोजी गरिरहेका थिए । जव एमालेभित्रकै पनि माधव नेपाल समुहले फ्लोर क्रस गरेर देउवाले खोजेको संख्याको सुनिश्चितता दिलाउन सक्ने एउटा आश जाग्यो, त्यसपछि उनी केही हौसिएका पनि थिए ।
त्यसमाथी माधव नेपाल र झलनाथ खनालले उनको निवासमै पुगेर अघि वढ्न हरियो वत्ती पनि देखाएका थिए ।
तर फेरी माधव नेपाल समुहले फ्लोर क्रस गर्न सक्ने आशंकामा प्रधानमन्त्रीले नेपाल सहित संघीय संसदका आफ्नै पार्टीका २७ जना सांसदलाई तपाईलाई सांसद पदवाट किन नहटाउने ? भन्दै स्पष्टीकरण सोधे, त्यसपछि फेरि देउवा अंकगणितमा अल्झिए ।
खनाल-नेपाल पक्षका २७ जना सांसदको पद गुम्यो भने एमालेमा एक सय २१ बाट ९४ सांसद मात्रै बाँकी रहन्छन् । त्यसो गर्दा सरकार टिकाउन अर्थात् ओलीलाई एक सय २१ सांसद पुर्याउन थप २७ सांसदको जरुरी पर्ने देखिन्छ । त्यसमध्ये पनि स्पष्टीकरण सोधिएका समानुपातिक तर्फका ७ को ठाँउमा उनले नयाँ वन्दसूचिबाट ७ जना लाई निर्वाचित गराएर ल्याएपनि उनलाई एकसय २१ पुरायउन अझै थप २० जना आवश्यक पर्छ ।
जसपाको पूर्वराजपा समूह (जोसँग संसद्मा पार्टी एकताअघि १६ सिट थिए)ले समर्थन गर्दा पनि ओलीलाई थप ४ सांसदको खाँचो हुन्छ । तर, जसपाभित्रको पूर्व राजपा समुहभित्र पनि महेन्द्रराय यादव लगायतका नेताहरु अहिले ओलीको विपक्षमा छन् । यसो गर्दा १६ सिट नै महन्थ र राजेन्द्रसँग एकढिक्का छन् भन्ने देखिदैन । एक–एक सिट रहेका नेपकिपा र राप्रपा ओलीसँग निकट छन् । तर पनि उनीसँग यो संख्या पुग्दैन ।
एकैपटक एमालेका माधव नेपाल र झलनाथ खनाल समुहका २७ सांसदको पद गुमे अवस्थामा अविश्वासको प्रस्तावको तयारी गरिरहेका कांग्रेस र माओवादीका लागि बहुमत जुटाउन सहज हुन्छ । जस्तो कि, हाल कांग्रेसका ६१ र माओवादीका ४९ गरी एक सय १० सांसद छन् । यसमा जनमोर्चा एक र एक स्वतन्त्र सांसद ओलीको विकल्पको पक्षमा रहेकाले कांग्रेस र माओवादी गठबन्धनमा एक सय १२ सांसद हुन्छन् । यस्तोमा बहुमत अर्थात् एक सय २१ पुर्याउन यो गठबन्धनलाई राजपाका थप (माओवादीतर्फका समाभुखलाई छोडेर ) १० सांसद भए पुग्छ ।
माधव नेपाल समुहलाई साथ दिईरहेका समानुपातिक तर्फका लाई हटाएर आफनो समुहकालाई ल्याउने तयारी गरेपनि अन्यको हकमा गरिने कारवाहीले उल्टै प्रधानमन्त्रीलाई नै घाटा पुग्ने देखेपछि एमालेले सम्भावित कारवाहीलाई हतार गरिसकेको छैन । चनाखो बनेर नेपाल पक्षका गतिविधि नियाल्ने र कारवाहीमा हतारो नगर्ने, गर्ने परे स्थायी समितिलाई निर्णय गर्न दिने गरी कारवाहीको डाडुपन्यू प्रधानमन्त्री ओलीले आफु सहितको आफ्नै समुहका मात्र नेता रहेको स्थायी समितिमा लगेर राखेका छन् ।
यो समिकरणको अवस्था नियालेका देउवाले संख्यामा करिव सुनिश्चितता पछिल्ला दिनमा देख्न थालेका छन् । तर उनले यत्तिमा मात्रै अविश्वास प्रस्ताव दर्ता गर्ने र सरकार गठन गर्ने तिर दौडिएका छैनन । त्यस अगाडी नै एमसीसी सम्झौता पनि उनकालागि प्राथमिकतामा परेको छ ।
दुई फरक धारका कारण एमसीसी पारित गराउने सन्र्दभमा सत्ता गठबन्धनमा अप्ठ्यारो पर्ने देखिएपछि देउवाले यसमा पनि सुनिश्चितता खोजेका छन् । स्रोतहरुका अनुसार, देउवाले यसमा समेत सुनिश्चिचताको खोजी गरेपछि काग्रेस माओवादी ओलीलाई सरकारवाट वर्हिगमन गराउनका लागि मध्यमार्गी उपायको खोजीमा जुटेका छन् । त्यसका लागि पहिले अविश्वास प्रस्ताव दर्ता गराउने, र त्यसपछि संसदवाट एमसीसी सम्झौता अनुमोदन गर्ने गरी संकल्प प्रस्ताव ल्याउने मध्यमार्गी बाटोमा काग्रेस माओवादी छलफलमा वस्न थालेका छन् ।
कांग्रेस सभापति देउवा आफ्नो सरकारको पालामा तत्कालिन अर्थमन्त्री ज्ञानेन्द्रवहादुर कार्कीले हस्ताक्षर गरेको एमसीसी सम्झौता जसरी हुन्छ कार्यान्वयनमा लैजान चाहिरहेका छन् । माओवादी केन्द्र, एमालेको माधव नेपाल र झलनाथ समुहका कठोर नीतिका कारण दुई वर्ष देखि सम्झौता सदनमा त्यक्तिकै थन्किएर बसेको छ ।
संसदमा संकल्प प्रस्ताव पारित गर्दा एमसीसी परिमार्जनसहित अनुमोदन गर्ने कुरा उल्लेख गराउनेमा अहिले माओवादी जुटेको देखिन्छ । असंग्लन्न परराष्ट नीति, कुनै पनि सैन्य गठवन्धनमा सहभागी नहुने जस्ता विषय समेटेर संकल्प प्रस्ताव पारित गर्ने तयारी काग्रेस माओवादीका वीचमा हुन थालेको छ । यसको डाफ्ट काग्रेस नेताहरुले बनाईरहेको सम्वद्ध स्रोतले जनाएको छ ।
काग्रेस माओवादी गठवन्धनमा सहभागीताका विषयमा जसपा अनिर्णित छ । तर उसको आज मंगलवार पनि पार्टी बैठक बोलाईएको छ । यसमा उसले लिने निर्णय अहिले काग्रेस माओवादीले पर्खेर बसेका छन् । जसपाका उपेन्द्र र डा वावुराम भटटराई काग्रेस माओवादीसाग गठवन्धनमा नजिक छन् । उनीहरुले आजको वैठकको निर्णय पर्खन देउवा – प्रचण्डलाई आग्रह गरेको स्रोतको भनाई छ ।
माओवादी केन्द्रका नेता वर्षमान पुन एक-दुई दिनमै अव सबै विषयमा निर्णय हुने बताउँछन् । ‘जसपाले अव फाइनल पार्टीको निर्णय दिन्छौं भन्नुभएको छ, हामी जसपाको निर्णय पर्खेर वसेका छौं ।’ पूनले बताए ।
कोरोना कहर वढेको र सरकारले पूनः निषेधाज्ञा तिर मुलुकलाई लगेका बेला काग्रेस माओवादीले राजनीतिलाई तरंगित वनाउाछन या केही समय फेरि चुप वस्ने नीति लिन्छन् त्यो भने केही खुलेको छैन । तर सत्ता समिकरणको जोडघटाउ गर्न नेताहरुले अझै पनि भित्री रुपमा छोडेका छैनन ।
एकाबिहानै प्रचण्ड-सिटौला भेटवार्ता
काग्रेस -माओवादी सम्भावित सत्ता समिकरणको अन्तिम चरणको छलफलमा जुटिरहँदा प्रचण्ड र काग्रेस नेता कृष्ण प्रसाद सिटौलावीच भेटवार्ता भएको छ ।
प्रचण्ड निवास खुमलटारमा अहिले विहान झण्डै ढेड घण्टा सिटौला र प्रचण्ड वीच भेटवार्ता भएको हो । भेटवार्तामा देउवाले खोजेको संख्याको सुनिश्चितता र एमसीसी पारित गर्नुपर्ने प्रस्तावकै वीचमा रहेर कुराकानी केन्द्रीत भएको सिटौला निकट स्रोतले बतायो ।
सिटौला विहानै ८ बजे नै प्रचण्ड भेटन खुमलटार पुगेका थिए । काग्रेस र माओवादी गठवन्धन निर्माण गर्ने, त्यसैभित्र जसपालाई पनि समेटने र नयाँ सत्ता समिकरण बनाउने विषयमा सिटौला भित्री रुपमा सक्रिय भईरहेका छन् ।















यस्तो छ आजका लागि कृषिउपजको मूल्य
कीर्तिमानको रोचक यात्राः राेनाल्डाे पछि मेसी बने ९०० गाेलकाे राेचक यात्रा पुरा गर्ने फुटबलर
‘धुरन्धर २’ ले रिलिजअघि नै कमायो १०० करोड, तोड्यो बाहुबलीको रेकर्ड
सुर्खेतमा दुई छोराछोरीसहित आमा सम्पर्कविहीन, भेरी किनारमा भेटियो मोबाइल र झोला
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
रास्वपाकाे सांसद अभिमुखीकरण कार्यक्रममा मोबाइल निषेध, आफन्त पनि प्रतिबन्ध
श्रीराम ग्यास उद्योगको गोदाममा लुकाएको छ हजार सिलिन्डर बरामद
प्रतिक्रिया