जाजरकोट र रुकुमपश्चिमका गाउँगाउँमा विद्युतको केन्द्रीय प्रसारण लाइन

जाजरकोट । विद्युतको केन्द्रीय प्रसारण लाइन पुगेपछि जाजरकोट र रुकुमपश्चिमका गाउँमा सल्लीको दियालो विस्थापित हुँदै गएको छ ।
जाजरकोटका भेरी नगरपालिका, शिवालय र छेडागाड नगरपालिकाका अधिकांश वडामा ३३ केभी प्रसारण लाइनको विद्युत पुगेसँगै गाउँले खुशी भएका छन् ।
त्यस्तै रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–३ खदीमा सल्लीको दियालोबाट उज्यालो गर्ने दिन हटेको छ । नेपाल विद्युत प्राधिकरणले रुकुमपश्चिमको दुर्गम खदीगाउँमा केन्द्रीय लाइन विस्तार गरेपछि खदीवासीले दियालोबाट मुक्ति पाएका हुन् ।
नगरपालिकाका १४ वडामध्ये ३ नम्बर वडाको खदीमा पहिलोपटक केन्द्रीय प्रसारण लाइनको बिजुली बलेको हो । पुस्तौंदेखि नै सल्लाको दियालो प्रयोग गर्ने स्थानीयवासी बिजुली पाउँदा खुशी भएका छन् ।
अहिलेसम्म खदीका ६० घरमा मिटरबक्स जडान गरी बिजुली बालिएको छ । दुई सय ५७ घरमा विद्युत पु¥याउने गरी केन्द्रीय प्रसारण लाइन विस्तार थालिएको वडाध्यक्ष केशरमान विकले बताए ।
गत पुस २५ गते खदीको ट्रान्सफर्मरमा बिजुली बलेको थियो । प्राधिकरणको लाइन विस्तार परियोजनाअन्तर्गत जिल्लाका अन्य ठाउँमा पनि विद्युत विस्तार तीव्र पारिएको छ । हाइड्रो इनर्जी÷महाशक्ति जेभीले जिल्लामा विद्युत विस्तारको काम गरिरहेको छ ।
निर्माण कम्पनीका प्रतिनिधि हरि चन्दका अनुसार १९ करोड ३७ लाख रुपौयाँ लागतमा विद्युत विस्तारको काम भइरहेको छ । जिल्लामा प्राधिकरणका झण्डै १२ हजार उपभोक्ता छन् ।
रुकुमपश्चिममा सल्यान र जाजरकोटका सबस्टेशनबाट विद्युत आपूर्ति शुरु भएको छ । सल्यानको शीतलपाटी र जाजरकोटको कुदु सबस्टेशनबाट विद्युत आपूर्ति थालिएको हो । यसअघि सल्यानको शीतलपाटीबाट मात्र विद्युत आपूर्ति भइरहेको थियो ।
कुदु सबस्टेशनबाट चौरजहारी नगरपालिका र सानीभेरी गाउँपालिकामा विद्युत आपूर्ति शुरु गरिएको रुकुम वितरण केन्द्र प्रमुख त्रिलोचन भट्टराईले बताए ।
रुकुमपश्चिमको मुसिकोट नगरपालिका–३ धैरेनीचौरमा पनि विद्युत सबस्टेशन बन्दैछ । यसै महिनाभित्र उक्त सबस्टेशनबाट पनि विद्युत आपूर्ति थालिने भट्टराईले बताए ।
उनका अनुसार धैरेनीचौरमा ३३ केभी क्षमताको विद्युत आपूर्ति हुने गरी निर्माणको काम अन्तिम चरणमा पुगेको हो । कुदु सबस्टेशनको विद्युतलाई जिल्लाका झण्डै १२ हजार ग्राहकसँग लिङ्क गरिएको छ ।
त्यस्तै जाजरकोटको भेरी नगरपालिका, पश्चिम छेडागाड नगरपालिका र शिवालय गाउँपालिकाका अधिकांश ठाउँमा विद्युत सेवा शुरु गरेको बताएको छ । केही महिनाभित्र नलगाड नगरपालिकामा समेत विद्युत् सञ्चालन गरिने छ । (रासस)
















अर्थ मन्त्रालयद्वारा अर्धवार्षिक समीक्षामार्फत सुधारका योजना सार्वजनिक
फागुन ३ देखि १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिने
महाशिवरात्रि पर्वलाई सभ्य र भव्य बनाउन यस्ताे छ तयारी
परराष्ट्र मन्त्री र अर्थमन्त्रीसँग कतारी प्रतिनिधि मण्डलको भेटवार्ता
अस्वाभाविक लक्ष्य, सञ्चित कोषको चाप र पूर्वतयारीविनाका आयोजनाका कारण खर्च अनुमान घट्यो : अर्थमन्त्री
इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित
दुई ब्याटरको अर्धशतकमा इंग्ल्यान्डले नेपाललाई दियाे १८५ रनकाे लक्ष्य
फेरि तीन लाख नाघ्यो सुनको मूल्य
थाइल्यान्डमा त्रिपक्षीय चुनावी प्रतिस्पर्धा
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
प्रतिक्रिया