‘फ्लोर क्रस’ हुने भन्दै सांसदहरूलाई रिसोर्टमा राखियो

काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको दर्ता गरेसँगै सांसदहरूलाई रिसोर्टमा राखिएको छ । सोमबार मुख्यमन्त्रीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा सांसदहरूले फ्लोर क्रस गर्ने आशंकामा दलहरूले आफ्ना सांसदलाई सुविधासम्पन्न रिसोर्टमा राखेको हो ।
मुख्यमन्त्री गुरुङविरुद्ध प्रतिपक्षी दल नेपाली कांग्रेस, केही समयअघिसम्म सत्ता साझेदारी दल रहेका नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)ले आफ्ना सांसदलाई मंगलबारदेखि रिसोर्टमा राखेको हो । उनीहरुमध्ये कांग्रेस र माओवादीका सांसदहरू लेकसाइडस्थित कुटी रिसोर्टमा छन् भने जसपाले कुटी नजिकैको अर्को एक होटलमा आफ्ना सांसदहरूलाई राखेको छ ।
मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेकाहरूको संख्या नघटोस् भनेर सांसदहरूलाई एकै ठाउँमा राखिएको एक प्रदेशसभा सदस्यले जानकारी दिए । उनीहरूलाई केही दिन त्यही राखिने ती प्रदेशसभा सदस्यले जानकारी दिए ।
एमालेका तर्फबाट मुख्यमन्त्री रहेका गुरुङविरुद्ध नेपाली कांग्रेसका १५, माओवादी केन्द्रका ११ र जसपाका २ सांसद गरी २८ जनाले गत २ गते अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । गण्डकीमा नेकपा एमालेका २७ सांसद छन् ।
गण्डकी प्रदेशसभाको विशेष अधिवेशनमा सोमबार मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव टेबुल भएको थियो । नयाँ मुख्यमन्त्रीको रुपमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई प्रस्ताव गरिएको छ ।
यसअघि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद जोगाउन नेकपा एमालेका चार जना प्रदेशसभा सदस्यहरूले फ्लोर क्रस गरेका थिए । उनीहरूले फ्लोर क्रस गर्दा मुख्यमन्त्री शाहीको पद जोगिएको थियो ।















यस्तो छ आजका लागि कृषिउपजको मूल्य
कीर्तिमानको रोचक यात्राः राेनाल्डाे पछि मेसी बने ९०० गाेलकाे राेचक यात्रा पुरा गर्ने फुटबलर
‘धुरन्धर २’ ले रिलिजअघि नै कमायो १०० करोड, तोड्यो बाहुबलीको रेकर्ड
सुर्खेतमा दुई छोराछोरीसहित आमा सम्पर्कविहीन, भेरी किनारमा भेटियो मोबाइल र झोला
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
रास्वपाकाे सांसद अभिमुखीकरण कार्यक्रममा मोबाइल निषेध, आफन्त पनि प्रतिबन्ध
श्रीराम ग्यास उद्योगको गोदाममा लुकाएको छ हजार सिलिन्डर बरामद
प्रतिक्रिया