ओस्कार २०२१ : उत्कृष्ट फिल्म, उत्कृष्ट निर्देशक र उत्कृष्ट अभिनेत्रीको अवार्ड नोम्याडल्यान्डलाई

काठमाण्डौ । यो वर्षको ओस्कार फिल्म पुरस्कारमा फिल्म नोम्याडल्यान्डले तीन ठूला पुरस्कार जितेको छ । क्लोई झाओको निर्देशनमा तयार भएको यसले उत्कृष्ट फिल्म, उत्कृष्ट निर्देशक र उत्कृष्ट अभिनेत्रीको पुरस्कार पाएको छ ।
महिला फिल्म निर्देशक क्लोई चाओले सर्वश्रेष्ठ निर्देशकको पुरस्कार पाएकी छिन् । ओस्कार पुरस्कारको इतिहासमा यो पुरस्कार जित्ने क्लोइ दोस्रो महिला हुन् । ८३ वर्षीय अभिनेता हप्किन्सले फिल्म ‘द फादर’ का लागि उत्कृष्ट अभिनेताको पुरस्कार प्राप्त गरे ।
कोरोना महामारीका बीच विश्वको सबैभन्दा प्रतिष्ठित फिल्म समारोह ओस्कर्सको आयोजना अमेरिकाको लस एन्जेलिसमा दुई ठाउँमा– डब्ली थिएटर र युनियन स्टेशनमा आयोजना गरिएको हो । सन् २००१ देखि ओस्कार पुरस्कारको आयोजना डल्बी थिएटरमा हुँदै आएको थियो ।
विश्वकै प्रतिष्ठित अवार्ड क–कसले अवार्ड पाए हेर्नुहोस्
फिल्म : नोम्याडल्यान्ड
निर्देशक : क्योल झाओ (नोम्याडल्यान्ड)
अभिनेता : एन्थोनी हप्किन्स (द फादर)
अभिनेत्री स् फ्रान्सिस म्याकडरम्यान्ड (नोम्याडल्यान्ड)
सह(अभिनेत्री स् यु जोङ उन (मिनारी)
सह(अभिनेता स् डेनियल कालुया (जुडास एन्ड ब्ल्याक मसिहा)
एडप्टेड पटकथा : द फादर
मौलिक पटकथा : प्रमिसिङ योङ वुमन
कस्ट्युम डिजाइन : मा रेइनिज ब्ल्याक बटम
ओरजिनल स्कोर : सउल
एनिमेटेड सर्ट फिल्म : इफ एनिथिङ ह्यापेन्ज आइलभ यू
डकुमेन्ट्री फिचर : माइ अक्टोपस टिचर
अन्तर्राष्ट्रिय फिचर : एनादर राउन्ड (डेनमार्क)
ध्वनी : साउन्ड अफ मेटल
प्रोडक्सन डिजाइन : म्यांक
सम्पादन : साउन्ड अफ मेटल
छायांकन : म्यांक
भिजुअल इफेक्ट : टेनेट
एनिमेटेड फिचर फिल्म : सउल
मेकअप एन्ड हेयरस्टाइल : मा रेइनिज ब्ल्याक बटम
ओरजिनल सङ : फाइट फर यु (जुडास एन्ड द ब्ल्याक मसिहा)
















कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
मौसम पूर्वानुमान : केही यी स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
प्रतिक्रिया