एकको मृत्युपछि गाउँ सिल

डोटी । डोटीको शिखर नगरपालिका–१ अन्तरगतको तेछाडा गाउँ सिल गरिएको छ । केही दिन पहिले छिमेकी मुलुक भारतबाट कामगरी गाउँ फर्किएकी २८ वर्षीया जानकी नागरिकको मृत्यु भएपछि कोरोनाका कारण मृत्यु भएको हुनसक्ने भन्दै उक्त गाउँ सिलगरिएको हो ।
वडाअध्यक्ष खडकबहादुर शाहीद्वारा हस्ताक्षरीत विज्ञप्ति प्रकाशित गरी सो गाउँको पूर्वतीरको गणेश नेगीको पसल, पश्चिम ढल्कना, उत्तरतीर चौपाता पिपल तथा दक्षिणतीर धौल्याल खोलासम्म सिल गरिएको जनाइएको छ ।
यसैगरी उक्त गाउँबाट अर्को गाउँ जान तथा अर्को गाउँबाट उक्त गाउँमा आवत जावत गर्नमा यहि २० गतेसम्म बन्देज गरिएको छ । जिल्लामा पछिल्लो समय भारतबाट काम गरी घर फर्किएका नागरिक आउजे क्रम बढ्नुका साथै उनीहरु क्वारेन्टिन नबसि सिधै गाउँ जानथालेका कारण गाउँमा कोरोना सङ्क्रमण बढ्ने भन्दै स्थानीयबासीमा त्रास फैलिएको छ ।
जिल्लामा कम्तिमा पनि एक हजारभन्दा बढी नागरिक भारतबाट रोजगारी गरी घर फर्किएको बताइएको छ ।
















बाबुछोराको झगडा छुट्याउन गएका छिमेकीको मृत्यु
नागार्जुनमा दुई मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा युवकको मृत्यु
भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
भारी हिमपातका कारण अलपत्र यात्रुको उद्धार
भदौ २३ को दिन मैले गोली चलाउने कुनै पनि आदेश दिएको छैन : केपी ओली
सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा हुँदैछ काराेबार ?
लामिछानेविरुद्धको मुद्दामा थप प्रमाण झिकाउन आदेश
स्कटल्यान्डसँग पराजित भएसँगै समूह चरणबाटै बाहिरियो नेपाल
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
प्रतिनिधिसभा निर्वाचन ३८ दिन बाँकीः संयुक्त निर्वाचन सञ्चालन केन्द्रले थाल्यो काम
प्रतिक्रिया