सोमबार, वैशाख २१, २०८३

चीनबाट ल्याइएको भेरोसेल खोप बुधबारसम्म दुईलाख ४३ हजारले लगाए

मेरोन्यूज २०७८ वैशाख १५ गते १७:२१

काठमाडौं । चीनबाट ल्याइएको भेरोसेल खोप बुधबार (आज)सम्म दुईलाख ४३ हजार जनाले लगाएका छन् ।

Advertisement
NiccNicc

स्वास्थ्य सेवा विभागको खोप शाखाका प्रमुख डा.झलक गौतमले बुधबारसम्म बागमती प्रदेशका विभिन्न खोप केन्द्रबाट दुई लाख ४३ हजारले खोप सेवा लिएका जानकारी दिए ।

उनका अनुसार पहिलो चरणमा उक्त खोप पहिलो चरणमा चीनमा अध्ययन गरेर आएका तथा चीन जान लागेका विद्यार्थी, आयात निर्यातमा संलग्न व्यापारी फलफूल तथा डेरी व्यावसायीलाई दिएको खोप गत आइतबारदेखि १८ देखि ५९ वर्ष उमेरका सबैलाई दिइएको थियो ।


सो खोप र्कीतिपुर अस्पताल,काठमाडौंका सशस्त्र प्रहरी अस्पताल र निजामती कर्मचारी अस्पताल, परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पताल थापाथली,नेपाल मेडिकल कलेज, अत्तरखेल, काठमाडौं मेडिकल कलेज, सिनामंगल र हिमाल अस्पताल, ज्ञानेश्वरबाट खोप लिन सकिन्छ । निजामती कर्मचारी अस्पताल, सशस्त्र प्रहरी अस्पताल, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रमा चार दिनसम्म खोप लगाउनेको भीड लागेको थियो ।


नेपालमा हालसम्म ४ लाख २९ हजार जनाले दुवै डोज (कोभिसिल्ड) खोप लगाएका छन् भने करिब १६ लाख नागरिकले पहिलो डोज खोप लगाइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ ।

प्रतिक्रिया