चीनबाट ल्याइएको भेरोसेल खोप बुधबारसम्म दुईलाख ४३ हजारले लगाए

काठमाडौं । चीनबाट ल्याइएको भेरोसेल खोप बुधबार (आज)सम्म दुईलाख ४३ हजार जनाले लगाएका छन् ।
स्वास्थ्य सेवा विभागको खोप शाखाका प्रमुख डा.झलक गौतमले बुधबारसम्म बागमती प्रदेशका विभिन्न खोप केन्द्रबाट दुई लाख ४३ हजारले खोप सेवा लिएका जानकारी दिए ।
उनका अनुसार पहिलो चरणमा उक्त खोप पहिलो चरणमा चीनमा अध्ययन गरेर आएका तथा चीन जान लागेका विद्यार्थी, आयात निर्यातमा संलग्न व्यापारी फलफूल तथा डेरी व्यावसायीलाई दिएको खोप गत आइतबारदेखि १८ देखि ५९ वर्ष उमेरका सबैलाई दिइएको थियो ।
सो खोप र्कीतिपुर अस्पताल,काठमाडौंका सशस्त्र प्रहरी अस्पताल र निजामती कर्मचारी अस्पताल, परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पताल थापाथली,नेपाल मेडिकल कलेज, अत्तरखेल, काठमाडौं मेडिकल कलेज, सिनामंगल र हिमाल अस्पताल, ज्ञानेश्वरबाट खोप लिन सकिन्छ । निजामती कर्मचारी अस्पताल, सशस्त्र प्रहरी अस्पताल, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रमा चार दिनसम्म खोप लगाउनेको भीड लागेको थियो ।
नेपालमा हालसम्म ४ लाख २९ हजार जनाले दुवै डोज (कोभिसिल्ड) खोप लगाएका छन् भने करिब १६ लाख नागरिकले पहिलो डोज खोप लगाइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ ।













सभापति देउवासँग कुरा नमिलेपछि बाहिरिए महामन्त्रीद्वय थापा र शर्मा
एसबीआई बैंक लुटपाट मा संलग्न ४ जना पक्राउ
मधेशमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बदली
50 days to HoR elections: 175 candidates withdraw from PR closed list
कसेरीघाटस्थित फोहरमैला प्रशोधन केन्द्रमा तीन जनाको हत्या प्रकरणमा एक जना पक्राउ
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
प्रतिक्रिया