निषेधाज्ञामा तोकिएका संस्थालाई पास नचाहिने

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले निषेधाज्ञा अवधिभर तोकिएका सेवा र वस्तुका सवारी साधनका लागि सवारी पास नचाहिने जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले यही वैशाख १६ गतेदेखि २२ गतेसम्म निषेधाज्ञा जारी गरेको छ ।
सो अवधिभर अत्यावश्यक सेवा तथा वस्तुका सवारी साधनहरू, विरामी तथा कुरुवा, सरकारी कार्यालय तथा सार्वजनिक संस्थान, बैंक, वित्तिय संस्थाका कर्मचारीहरू, एयरपोर्ट जाने आउने यात्रुको हकमा सवारी पास आवश्यक नपर्ने कार्यालयले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रशासकीय अधिकृत लक्ष्मीकुमारी शाहीद्वारा जारी विज्ञप्तिमा त्यस्ता कार्यमा यात्रा गर्दा कहीं कतैबाट अवरोध भएमा सहजीकरणका लागि नेपाल प्रहरीको १०० र १०३ मा फोन गर्न आग्रह गरिएको छ ।
साथै उनले अन्य अनाश्यक सन्दर्भमा पनि अत्याश्यक भनी सवारी पास माग गर्ने गरेको पाइएकाले वैशाख १७ गतेदेखि मृत्यु संस्कार र अत्यन्तै जरुरी कार्य बाहेक जिल्ला प्रशासन कार्यलय काठमाडौंबाट सवारी पास जारी नहुने जानकारी गराएकी छन् ।










विदेशी मुद्राको विनिमयदर : डलरकाे भाउ कति ?
आज २०८२ साल मंसिर १ गते सोमबारको राशिफल
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
नेपाल ट्रस्टका पूर्वसचिव अर्जुन कार्की पक्राउ
नबिल बैंकद्वारा मास्टरकार्ड डेविट कार्ड जारी, ग्राहकले प्रिमियम सुविधा पाउने
आज कात्तिक कात्तिक २९ गते शनिबार, कस्ताे रहला तपाइकाे राशिफल ?
सन्तोष परियारले किन त्यागे रास्वपा ? यस्ताे छ उनकाे राजीनामा पत्र
सन्तोष परियारले छाडे रास्वपा
नेपाली कम्युनिस्ट पार्टीले पायो दल दर्ताको प्रमाणपत्र
एनपीएलको टिकट बुकिङ खुला, मूल्य ५ सयदेखि २ हजारसम्म
प्रतिक्रिया