निषेधाज्ञामा तोकिएका संस्थालाई पास नचाहिने

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले निषेधाज्ञा अवधिभर तोकिएका सेवा र वस्तुका सवारी साधनका लागि सवारी पास नचाहिने जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले यही वैशाख १६ गतेदेखि २२ गतेसम्म निषेधाज्ञा जारी गरेको छ ।
सो अवधिभर अत्यावश्यक सेवा तथा वस्तुका सवारी साधनहरू, विरामी तथा कुरुवा, सरकारी कार्यालय तथा सार्वजनिक संस्थान, बैंक, वित्तिय संस्थाका कर्मचारीहरू, एयरपोर्ट जाने आउने यात्रुको हकमा सवारी पास आवश्यक नपर्ने कार्यालयले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रशासकीय अधिकृत लक्ष्मीकुमारी शाहीद्वारा जारी विज्ञप्तिमा त्यस्ता कार्यमा यात्रा गर्दा कहीं कतैबाट अवरोध भएमा सहजीकरणका लागि नेपाल प्रहरीको १०० र १०३ मा फोन गर्न आग्रह गरिएको छ ।
साथै उनले अन्य अनाश्यक सन्दर्भमा पनि अत्याश्यक भनी सवारी पास माग गर्ने गरेको पाइएकाले वैशाख १७ गतेदेखि मृत्यु संस्कार र अत्यन्तै जरुरी कार्य बाहेक जिल्ला प्रशासन कार्यलय काठमाडौंबाट सवारी पास जारी नहुने जानकारी गराएकी छन् ।
















आज रास्वपाको सचिवालय बैठक बस्दै
भरुवा बन्दुकसहित वडा सदस्य पक्राउ
राष्ट्रपतिद्वारा विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
सुनचाँदीको मूल्यमा केही गिरावट
प्रतिक्रिया