शनिबार, फागुन ९, २०८२

रहेनन् भारतीय टेलिभिजन पत्रकार रोहित सरदाना

मेरोन्यूज २०७८ वैशाख १७ गते १४:४१

एजेन्सी । कोरोना संक्रमणबाट भारतीय टेलिभिजन पत्रकार रोहित सरदानाको निधन भएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

केहि दिन अघि कोरोना संक्रमण पुष्टि भएका सरदानाको ४० वर्षको उमेरमा निधन भएको हो।

अप्रिल २४ मा सरदानाले ट्वीटमार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका थिए । एक हप्तअघि ज्वरो र बाँकी लक्षण देखिएपछि पीसीआर परीक्षण गर्दा कोरोना पुष्टि भएको उनले बताएका थिए । तर पहिलेभन्दा स्वास्थ्य अवस्थामा सुधार भएको पनि उनले बताएका थिए ।

सरदानाले जी न्युजमा पनि काम गरेका थिए । उनले सन् २०१७ मा जी न्युज छाडेर आज तक गएका थिए । आजतकमा उनले ‘दंगल’ चलाउँथे । पछिल्लो समय राति दस बजे आउने कार्यक्रम ‘दस तक’ पनि चलाउँदै आएका थिए ।

प्रतिक्रिया