कोरोनाका कारण टी-२० विश्वकप भारतबाट युएई सर्न सक्ने

एजेन्सी । यो वर्षको अन्त्यमा हुने आइसिसी टी-२० विश्वकप प्रतियोगिता कोरोनाका कारण भारतबाट सर्न सक्ने भएको छ।
कोरोना भाइरसको दोस्रो लहर भारतमा तिव्र गतिका कारण विश्वकप सर्न सक्ने भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बिसिसिआई) का अधिकारीले बताएका हुन्।
पछिल्लो हप्ता भारतमा दैनीक ३ लाख बढी संक्रमित भइरहेका छन् भने दैनीक तीन हजार भन्दा बढीको मृत्यु भइरहेको छ। विश्वकप आगामी अक्टोबरमा भारतमा हुने तय छ। भारतमा अहिले कोरोनाको महामारी बढिरहेको छ। त्यसको असर कति लामो समयसम्म पर्ने यकिन छैन।
भारतमा कोरोना संक्रमण बढिरहँदा विश्वकपमा विभिन्न देशले भारतमा जाने उडान र भारतबाट आउने उडान प्रतिबन्ध लगाइसकेका छन्।
बिसिसिआईका खेल विकास विभागका जिएम धिरज मल्होत्राले भारतमा विश्वकप आयोजना हुने झिनो आसा बाँकी रहेको बताए।
उनले भारतमा स्थिति सहज नभए युएईमा विश्वकप आयोजना गर्न सकिने बताएका छन्।
गत वर्ष अस्ट्रेलियामा तय भएको टी-२० विश्वकप पनि कोरोनाका कारण स्थगित भएको थियो। जुन विश्वकप भारतलाई आयोजना गर्न दिने निर्णय भएको थियो।

















Three Indian nationals arrested from TIA with over 11 kg of cannabis
निर्वाचन प्रक्रियालाई शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय बनाउन सबैको सहयोग आवश्यकः आयुक्त भण्डारी
दाङमा शंकर पोखरेललाई रविको कटाक्ष- मलाई जेल पुर्याउने बाका प्रिय पात्र यहीँ छन्
प्रजातन्त्र सेनानी गुरुङको निधन, सभापति थापाद्वारा दुःख व्यक्त
नेकपा बहुमतका महासचिव बाँस्तोला पक्राउ
विश्वकपमा सबैभन्दा बढी विकेट लिने नेपाली खेलाडी बने सोमपाल
नबिल स्मार्ट नारी घर कर्जा : लचिलाे किस्ता सुविधाका कारण आकर्षण बढ्दै
स्कटल्यान्डविरुद्ध ७ विकेटको जितसँगै नेपालको विश्वकप यात्रा सकियो
शिवरात्रिको दिन पशुपतिमा प्रहरी कुट्ने युवक पक्राउ
प्रतिक्रिया