मजदुरको न्यूनतम पारिश्रमिक १५ हजार पुर्याउने प्रधानमन्त्रीको घोषणा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मजदुरहरुको न्युनतम पारिश्रमिक १५ हजार रुपैयाँ पुर्याइने बताएका छन्। मजदुर दिवसको सन्दर्भमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले त्यस्तो बताएका हुन् ।
श्रमिकहरुले न्यूनतम ४ जनाको परिवार पाल्न सक्ने गरी आफुहरुको वेतन निर्धारण गर्न माग गदै आईरहेका छन् । अहिले श्रमिकहरुको न्यूनतम पारिश्रमिक १३ हजार चार सय ४० रुपैया छ ।
प्रधानमन्त्री ओलीले श्रमिकको बेतन (पारिश्रमिक) बढाउने बताउँदै त्यसका लागि सरकारले प्रयास थालेको बताएका हुन् ।
उनले दैनिक ज्यालादारी श्रमिकहरुको पारिश्रमिकका हकमा पनि ५ सय ७७ रुपैयाँ पुरयाउने बताएका छन् । अहिले दैनिक ज्यालादारी मजदुरको पारिश्रमिक ५ सय १७ रुपैयाँ तोकिएको छ ।
सरकारले तोकेका यी पारिश्रमिक पनि कतिपय औपचारिक क्षेत्रकै श्रमिकहरुले समेत पाउन सकिरहेका छैनन । न्युनतम पारिश्रमिककै लागि पनि श्रमिकहरुले लामो समय देखि श्रम आन्दोलन गदैं आईरहनु परेको छ । औपचारिक क्षेत्रमै पारिश्रमिकको समस्या यथावत छ भने झन् अनौपचारिक क्षेत्रका श्रमिकहरुले सरकारले तोकेको पारिश्रमिक पाउन निक्कै संर्घष गर्नु परिरहेको छ ।
प्रधानमन्त्री ओलीले अव श्रमिकहरुले तोकेको पारिश्रमिक नपाउने भन्ने नहुने भन्दै तोकेको पारिश्रमिक पाउने कुराको ग्यारेन्टी सरकारले गर्ने प्रतिवद्दता पनि मजदुर दिवसको अवसर पारेर गरेका छन् ।
वैदेशिक रोजगारीमा गएका नेपालीको सुरक्षा र मर्यादाको लागि गन्तव्य देशसँग श्रम सम्झौता गरिएको र देशभित्रका मजदुरको सुरक्षाको लागि सामाजिक सुरक्षा कोष, बेरोजगार भत्ता लगाएका व्यवस्था गरिएको प्रधानमन्त्री ओलीको भनाई छ ।
‘औपचारिक कि अनौपचारिक क्षेत्र भन्ने विभेदलाई कानुनी रूपमा अन्त्य गरेका छौँ। हामीले अनौपचारिक क्षेत्रलाई औपचारीकरण गर्ने प्रक्रियालाई सफलतापूर्वक सम्पन्न गरेका छौँ,’ -ओलीको शुभकामना सन्देशमा उल्लेख छ ।
एक आर्थिक वर्षमा दुई लाखभन्दा बढीलाई न्यूनतम सय दिनको काम वा न्यूनतम ज्यालाको आधा ‘बेरोजगार भत्ता’ सरकारले उपलब्ध गराएको प्रधानमन्त्रीले वताए ।
स्वदेशमा कार्यरत श्रमिकहरूको बैङ्कमार्फत तलब भुक्तानी गर्ने प्रणाली सुरु गरिएको, योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा करिब १२ हजार रोजगारदाता र दुई लाख श्रमिकहरू आबद्ध भएको , नेपाली सेनामा १६ वर्षे सेवापछि निवृत्तिभरणको व्यवस्था लागू गरिएको, श्रमिकको न्यूनतम पारिश्रमिकमा ३९ प्रतिशत र राष्ट्रसेवक कर्मचारीको पारिश्रमिकमा २० प्रतिशतले वृद्धि गरिएको जस्ता तथ्यांक पनि मजदुर दिवसको अवसर पारेर प्रधानमन्त्री ओलीले सार्वजनिक गरेका छन् ।

















यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
सल्यानमा नेकपाका मल्ल विजयी
रुकुम पश्चिममा नेकपाका शर्माले जित्दा जनार्दन शर्मा तेस्राे
सर्लाही ४ मा अमरेशकुमारले जित्दा हारे गगन
इरानद्वारा इजरायल र अमेरिकी अड्डामा थप आक्रमण
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
भाेट हाल्न जाँदै हुनुहुन्छ ?, यस्ताे छ आजकाे माैसम
निर्वाचनपछि पनि मुलुकमा स्थायित्वको सम्भावना कठिन छ, फेरि मध्यावधिमा जानसक्छः सुरेन्द्र पाण्डे
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
देशभर शान्तिपूर्ण रूपमा मतदान सकियो
प्रतिक्रिया