एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले

इरान-अमेरिका युद्धका क्रममा शुक्रबार एकै दिन दुईवटा अमेरिकी लडाकु विमानहरू इरानले खसालिदिएको छ । युद्ध सुरु भएपछी अमेरिकालाई देखिनेगरी भएको यो ठुलो क्षति हो ।
दुर्घटनामा बेपत्ता भएका वायुसेनाहरूको खोजी र चालक दलका सदस्यको उद्धार कार्यमा संलग्न अमेरिकी दुई ब्ल्याक हक हेलिकप्टरहरूमाथि इरानी सैन्य प्रतिरक्षा प्रणालीहरूले गोली हानेर क्षति पुर्याए ।
इरानका लागी यो घटना ऐतिहासिक उपलब्धी हो । यो सँगै शुक्रबार इरानमा रातभर त्यहाँका जनताले खुशीयाली साटेको र नारावाजी गरेको अलजजिराले जनाएको छ ।
खसालिएको विमान एफ-१५इ स्ट्राइक ईगल हो । यो विमान दक्षिण-पश्चिमी इरानको आकाशमा खसालिएको थियो । यसमा दुईजना चालक दलका सदस्य थिए ।
जसमध्ये एक जनालाई अमेरिकी सेनाले उद्धार गरेको छ भने अर्का एक सदस्य अझै बेपत्ता छन् । इरानले बेपत्ता पाइलटलाई जीवितै पक्राउ गर्नेका लागि ठूलो राशिको पुरस्कार समेत घोषणा गरेको छ ।
खसालिदिएको अर्को विमान ए-१० वारथग हो । यो विमान पर्सियन खाडीको स्ट्रेइट अफ हर्मोज नजिक खसालिएको थियो ।यसको पाइलटलाई भने सुरक्षित रूपमा उद्धार गरिएको छ ।
इरानी सेनाका अनुसार यी विमानहरू उनीहरूको नयाँ र उन्नत वायु रक्षा प्रणाली प्रयोग गरेर खसालिएका हुन् । यो घटनासँगै युद्धले अर्को मोड लिएको छ ।
यसअघी अमेरिकी राष्ट्रपति डोनालड ट्रम्पले इरानको वायुरक्षा प्रणाली ध्वस्त पारेको दावी गरिरहँदा अजेय मानिएको ए- १५ र एफ-३५लडाकु विमान खस्नुले, अमेरिकी प्रतिष्ठामा धक्का लागेको छ । गत साता पनि अर्को अमेरिकी एफ-३५ लडाकू विमान खसालेको इरानले दाबी गरेको थियो ।
यो सँगै इरानी आक्रमणमा खस्ने अमेरिकी विमानको संख्या ३ पुगको छ । इरान-अमेरिका तनावका क्रममा चर्चामा आएका अमेरिकी वायुसेनाका शक्तिशाली तर फरक प्रयोजनका विमानहरू हुन्।
एफ-१५इ स्ट्राइक ईगल एक बहुमुखी लडाकु विमान हो । जुन हावाबाट हावामा र हावाबाट जमिनमा मार हान्न माहिर मानिन्छ । अनुमानित मूल्य १० करोड डलर प्रति विमान पर्छ । यो आवाजको गतिभन्दा दुई गुणा छिटो उड्न सक्छ। यसले करिब २३,००० पाउण्ड तौलका आधुनिक बम र मिसाइलहरू बोक्न सक्छ।
अर्को विमान ए-१० वारथग विमान विशेष गरी जमिनमा रहेका ट्याङ्क, बख्तरबन्द गाडी र सैन्य टोलीहरूलाई ध्वस्त पार्न डिजाइन गरिएको हो । अनुमानित मूल्य २ करोड डलर अमेरिकी डलर प्रति विमान पर्छ ।
यसको अगाडिको भागमा ३० एमएमको विशाल मेसिन गन हुन्छ, जसले प्रति मिनेट हजारौँ राउण्ड गोली प्रहार गर्न सक्छ। पाइलटलाई सुरक्षित राख्न यसको ककपिटको वरिपरि टाइटेनियम धातुको बाक्लो सुरक्षा कवच हुन्छ, जसले गर्दा जमिनबाट हुने गोली प्रहारले यसलाई सजिलै क्षति पुऱ्याउन सक्दैन।

















निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
आइसिसी महिला च्यालेन्ज ट्रफीः नेपाल अमेरिकासँग पराजित
मुस्ताङमा ९ महिनामा लेक लागेर ८ पर्यटकको मृत्यु
इरानी विदेशमन्त्री पुनः पाकिस्तान आउने तयारी
शेखर कोइरालाले गरे बुद्धिजीवीहरुसँग छलफल
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
साँखुमा गोली चल्यो
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
प्रतिक्रिया