चौथो सूचना प्रविधी दिवसः प्रधानमन्त्रीले भर्चुअल सम्वोधन गर्दै

काठमाडौं । आज चौथो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाईंदैछ ।
दिवसको अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले भर्चुअल कार्यक्रमको आयोजना गरेको छ । मन्त्रालयका अनुसार विहान ११ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त कार्यक्रमलाई सम्बोधन गर्नेछन् ।
दिवसकै अवसरमा प्रधानमन्त्री ओलीले शुभकामना सन्देश जार गरेका छन् । प्रधानमन्त्री ओलीले शुभकामना सन्देशमा डिजिटल प्रविधीको उपयोगबाट सेवा प्रवाह, उत्पादन र उत्पादकत्व अभिबृद्धि गरी अर्थतन्त्रका बृहत्तर आयामहरुको रुपान्तरण गर्न सकिने उल्लेख गरेका छन् ।
यस्तै ओलीले सूचना प्रविधीको क्षेत्रमा लगानीको वातावरण सुधार गर्न, ज्ञानमा आधारित समाज तथा डिजिटल अर्थतन्त्रका आधार निर्माण गर्न, सूचना प्रविधी सम्वन्धी डाटा सुरक्षित बनाउन तथा सुलभ र विश्वसनीय रुपमा सेवा उपलब्ध गराउन प्रविधी क्षेत्रसँग सम्वन्धित सबैलाई आग्रह गरेका छन् ।
सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले पनि शुभकामना सन्देश जारी गरेका छन् ।
मन्त्री गुरुङले आधुनिक युुगको मागअनुसार हरेक क्षेत्रलाई सूचना तथा सञ्चार प्रविधिसँग जोड्दै “समृद्ध नेपालः सुुःखी नेपाली”को राष्ट्रिय संकल्पलाई पूरा गर्नेतर्फ सरकारले लक्ष्य लिएको जानकारी दिए ।
मन्त्री गुरुङले सूचना प्रविधि मैत्री नेपाल निर्माणका लागि सरकारले अनलाइनबाटै सबै सरकारी सेवा नागरिकलाई प्रदान गर्न ‘नागरिक एप’ सञ्चालनमा ल्याएको उल्लेख गरेका छन् । सूचना प्रविधि क्षेत्रको दुरुपयोग हुन नदिन तथा सूचना प्रविधि क्षेत्रको विकासमा सहज पहुुँच पुर्याउन सरकारले संसदमा ‘सूचना प्रविधि विधेयक’ पेश गरेको गुरुङले उल्लेख गरेका छन् ।
‘सूचना महामार्ग’ निर्माण र विस्तारको कामलाई प्राथमिकताका साथ अघि बढाइएको, सबै स्थानीय तह, वडा कार्यालय, सामुदायिक शिक्षण संस्थाहरु, स्वास्थ्य केन्द्रसम्म सूचना प्रविधि पूर्वाधारको पहुुँच सुनिश्चत गर्ने र ती स्थानहरुमा ब्रोडब्यान्ड इन्टरनेट सेवा पुर्याउनेको लागि पनि बजेटको व्यवस्था गरेको भन्दै मन्त्री गुरुङले सूचना प्रविधिको क्षेत्रमा नेपालले ठूलो फड्को मारिसकेको बताएका छन् ।
प्रत्येक स्थानीय तहमा सूूचना प्रविधि केन्द्र स्थापना र सञ्चालन गर्ने गरी नीति, कार्यक्रम र बजेटको व्यवस्था गरेको छ ।
दूर सञ्चार सेवालाई गुुणस्तरीय बनाउन फाईभ जी परीक्षणको काम अगाडि बढाइएको र साइबर अपराध नियन्त्रण, साईबर सुरक्षा र सरकारी डाटा सेन्टरको सुरक्षा अतिसंवेदनशील विषय भएकाले यसको सुरक्षामा विशेष ध्यानदिइएको उनले बताएका छन् ।















यस्तो छ आज कृषिउपजको थोक मूल्य
ट्रम्पले आक्रमण बढाए हर्मुजमात्रै होइन अन्य समुद्रीमार्ग पनि बन्द गरिदिन्छौँ -इरान
आजको मौसम पूर्वानुमान : लुम्बिनी, बागमती र कोशी प्रदेशका केही स्थानमा हल्का वर्षा
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्रा विनिमयदर
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी जवान भर्ना खुल्यो
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
प्रतिक्रिया