यी हुन दाङमा कारभित्र मृत भेटिएका ३ बालक, गाडि मालिक र चालक पक्राउ

दाङ । जिल्लाको तुलसीपुर उपमहानगरपालिका–६ मा पार्किङ गरी राखिएको कारभित्र मृत भेटिएका तीन बालकको पहिचान खुलेको छ ।
तुलसीपुर उपमहानगरपालिका–६ स्थित आरजे ०१ सीसी ०८८५ नम्बरको भारतीय कारमा मृत भेटिएका उनीहरुको पहिचान खुलेको हो ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार तुलसीपुर उपमहानगरपालिका–६ गाइडर बस्ने भीमबहादुर परियारका १० वर्षीय छोरा सन्देश, किरण परियारका ७ वर्षीय छोरा करण र सन्तोष परियारका ७ वर्षीय छोरा सुवर्ण मृत भेटिएको हो ।
अनुसन्धानका लागि गाडी मालिक यादवप्रसाद गैरे र चालक पदम बस्नेतलाई नियन्त्रणमा लिएको र उक्त भारतीय गाडी चैतमा नै गैरेले ल्याएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
स्याउली बजारमा पार्किङ गरी राखिएको गाडीभित्र शनिवार बेलुकी उनीहरू मृत भेटिएका थिए ।
तीनैजना बालक वैशाख १६ गतेदेखि हराएको भन्दै १७ गते इलाका प्रहरी कार्यालय तुलसीपुरमा निवेदन परेको ईलाका प्रहरी कार्यालयका डिएसपी शिवबहादुर सिंहले जानकारी दिए ।
यो पनि https://meronews.com/2021/05/38779.html
















अमेरिकाको ड्यालसमा दूतावास स्थापना भएपछि पहिलोपटक घुम्ती शिविर, २७२ नेपालीले लिए सेवा
जिप सडकबाट खस्दा १२ जना घाइते, चालक भागे
सम्झौता बिपरीतका इँटा प्रयोग गरेपछि प्रशासनिक भवनको पर्खाल भत्काइयो
नारायणगढ–बुटवल सडक विस्तार : सडक सुरक्षाको काम पनि जारी
विश्वकप लिग-२ क्रिकेट: आज नेपाल र ओमान भिड्दै
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
पेस्तोल र गोलीसहित सालीनदी किनारबाट २ जना पक्राउ
दिल्ली विमानस्थलमा स्विस विमानको इन्जिनमा आगलागी, ६ जना घाइते
बच्चाको खातामा पाँच हजार’ कार्यक्रमः स्थानीयको सहभागिता न्यून
प्रतिक्रिया