शनिबार, वैशाख १२, २०८३

यो साता दुई गुणाले बढ्यो कोरोना संक्रमण दर

मेरोन्यूज २०७८ वैशाख १९ गते १७:५२

काठमाडौँ । नेपालमा पछिल्लो एक साता कोरोना संक्रमण १३६.८ प्रतिशतले बढेको पाइएको छ । यो गत साताको तुलनामा दुई गुणाले बढी हो ।

Advertisement
NiccNicc

धुलिखेल अस्पतालका जनस्वास्थ्य निर्देशक डा. विराज कमाचार्यले संक्रमण दर लुम्बिनी प्रदेशमा सबैभन्दा बढी रहेको जानकारी दिए । उनका अनुसार लुम्बिनीमा अहिले संक्रमण फैलिने दर २३३ प्रतिशत रहेको छ।

परीक्षणको दरबाट आएको नतिजाको आधारमा समुदायमा अहिले देखिएभन्दा धेरै गुणा बढी संक्रमित हुन सक्ने विज्ञहरुले बताएका छन् । टेस्ट पोजेटिभिटी ५ प्रतिशतभन्दा कम हुन पर्नेमा गएको एक महिनामा अत्यधिक बढेकाले विशेष सावधानी अपनाउनु पर्ने देखिएको उनले जानकारी दिए । पछिल्लो एक महिनामा टेस्ट पोजेटिभिटी दर अत्यधिक बढेको पनि उनले बताए ।

परीक्षणको दरबाट आएको नतिजा टेस्ट पोजिटिभिटीका आधारमा समुदायमा अहिले देखिएभन्दा धेरै गुणा बढी संक्रमित हुन सक्ने उनको भनाई छ । उनले भने “परीक्षण दर र संक्रमितको संख्या हेर्दा परीक्षणको दायरामा नआएर समुदायभित्रै रहेकाहरूमा योभन्दा धेरै गुणा संक्रमण भइसकेको हुन सक्ने आँकलन गर्न सकिन्छ ।”

उनका अनुसार अझ हामीले ख्याल गरिएन भने घर भित्रभित्रै नै कोरोना संक्रमण सार्ने सम्भावना हुन्छ । यदि, कसैलाई कोरोनाको लक्षणदेखिको दुई दिनअघि र लक्षणदेखिएको १० दिनसम्म संक्रमण सार्न सक्ने क्षमता हुने उनले बताए ।

प्रतिक्रिया