अमेरिकाले अफगानिस्तानबाट आफ्नो सेनालाई सेप्टम्बर ११ भित्र फिर्ता लाने

वासिङ्टन । अमेरिकाले अफगानिस्तानमा रहेका आफ्ना बाँकी सैनिक फिर्ता लान औपचारिक रुपमा प्रक्रिया अघि बढाएको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो मुलुकको सबैभन्दा लामो युद्ध ‘सदाका लागि अन्त्य’ गर्ने भन्दै आउँदो सेप्टेम्बर ११ सम्ममा अफगानिस्तानबाट सबै सैनिक फिर्ता लैजाने घोषणा गरेका छन् ।
यद्यपि यसका लागि अफगानिस्तानको विद्रोही र सत्ताधारी नेताहरूसँग छलफलहरू जारी रहेको बताउँदै आइएको छ । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले तालिबानसँग गरेको सम्झौता अनुसार अमेरिकी सैनिक फिर्ता लाने मिति मे १ लाई तोकिएको भएपनि बाइडेन प्रशासनले सो समयसीमा कार्यान्वयका हिसाबले उपयुक्त नभएको भन्दै सेप्टेम्बर ११ लाई सारेको हो ।
सन् २००१ को सेप्टेम्बर ११ मा तीन हजार मानिसको ज्यान जाने गरि अमेरिकी ट्वीन टावरमा भएको आतंकवादी आक्रमणपछि अमेरिकी सेना अफगानिस्तानमा गएको थियो । उक्त आक्रमणको २० औँ वर्ष पूरा हुँदा आफ्नो सेनालाई पूर्णतया फर्काउने अमेरिकी निर्णयलाई संयोगका रूपमा हेरिएको छ ।
सेप्टेम्बर ११ को सो आक्रमणपछि अमेरिकी सैनिकले अफगानिस्तानमा तालिबान विरुद्ध आक्रमण सुरु गरेको थियो । आतंकवादी आक्रमणका लागि जिम्मेवार अल कायदाका नेता ओसामा विन लादेनलाई संरक्षण दिएको तालिबानविरुद्ध अमेरिकाले थालेको सो युद्ध हालसम्म जारी रहेको छ ।
















पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना
आजदेखि संसद् अधिवेशन
आजदेखि एसइई परीक्षा
आज हनुमान जन्मजयन्ती मनाइँदै
एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै : सबै तयारी पूरा
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
प्रतिक्रिया