भारतमा पछिल्लो २४ घण्टामा करिब ४ लाखमा कोरोना संक्रमण, ३ हजार ६८९ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा भारतमा ३ लाख ९२ हजार ४८८ जना कोरोना संक्रमित भेटिएका छन् । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा भारतमा ३ लाख ९२ हजार ४८८ जनामा कोरोना संक्रमण देखिएको छ भने सोही अवधिमा ३ हजार ६८९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भारतमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख १५ हजार ५४२ पुगेको छ ।
भारतमा हालसम्म १ करोड ९५ लाख ५७ हजार ४५७ जनामा कोरोना संक्रमण भइसकेको छ । कोरोनाको दोस्रो लहर तीव्र गतिमा फैलिरसँगै
भारतमा संक्रमितको उपचारका लागि आईसीयू, भेन्टिलेटर तथा बेडको अभाव हुँदै आएको छ ।
उपचारका लागि अक्जिनको अभाज दिल्लीमा नै देखिन थालेको छ । अक्सिजन अभावमा दिल्लीमा नै कोरोना संक्रमितको मृत्यु हुन थालेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
संक्रमितको मृत्यु दर उच्च हुँदा शव जलाउन घाट र दाउराको समेत अभाव हुँदै आएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।













दिनहुँ रेकर्ड बनाउँदै सुनको भाउ, आज तोलाको कति ?
सुनचाँदीको मूल्यमा दिनदिनै नयाँ रेकर्ड, आज कतिमा हुँदैछ कारोबार ?
मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते
एसबीआई बैंक लुटपाट मा संलग्न ४ जना पक्राउ
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
प्रतिक्रिया