शारीरिक कसरत गर्दा हुने फाइदा र ध्यान दिनुपर्ने कुराहरु

काठमाडौं । पछिल्लो समय तनाव र व्यस्तता, नियमित शारीरिक कसरतको अभाव, अस्वस्थकर खानेकुरा र निस्क्रिय जीवनशैलीलले मानिसहरुमा विभिन्न किसिमका रोग लाग्न सक्ने खतरालाई बढाएको छ। जसले गर्दा नसर्ने रोगहरुको जोखिम बढ्दै गएको विभिन्न तथ्याकंहरुले पुष्टि गरिसकेका छन् । त्यस कारण दिनहुँ शारीरिक कसरत फाईदा पनि हुन्छ नै तर ति कसरत गर्दा हामीले सानो सानो कुरामा थप दिन जरुरी हुन्छ ।
शारीरिक निस्क्रियताको कारण हुने सक्ने समस्याहरु
उच्च रक्तचाप र मुटु सम्बन्धी समस्यामोटोपना र यसको जोखिम बढ्न सक्ने
हड्डी तथा माशंपेशीहरुमा कमजोरी
क्यान्सर, मधुमेह जस्त नसर्ने रोगहरु देखा पर्न सक्ने
तनाव र छटपटाहटको महसुस
शारीरिक रुपमा कसरी सक्रिय रहन सकिन्छ
४५ मिनेटसम्म भलिबल खेल्ने
४५ देखि ६० मिनेटसम्म फुटबल खेल्ने
३० देखि ४५ मिनेटसम्म बगैँचामा काम गर्ने
दैनिक २ माइल ३० मिनेटसम्म हिड्ने
३० मिनेटसम्म बास्केटबल खेल्ने
३० मिनेटसम्म ५ माइल साइकल चलाउने
३० मिनेटसम्म पौडी खेल्ने आदि। माथि उल्लेख गरिएका मध्ये कुनै पनि एक क्रियाकलापद्धारा आफुलाई सक्रिय राख्न सकिन्छ।
शारीरिक कसरत गर्दा ध्यान दिनुपर्ने कुराहरु
– शारीरिक कसरत गर्नुभन्दा अगाडि विस्तारै सुरु गरी सुक्ष्म व्यायाम गर्नुपर्दछ। रोक्नु अगाडि पनि विस्तारै रोक्नुपर्छ।
– कडा कसरत गर्ने व्यक्तिले आवश्यक मात्रामा पानी पिउने र पौष्टिक खोनकुराहरु खानुपर्दछ।
– सुरुमा एकै पटक धेरै कसरत गर्नु हुँदैन। अलिअलि गर्दै बिस्तारै आफ्नो लक्ष्य हासिल गर्नुपर्दछ।
– कडा कसरत गरीसकेपछि केही समय आराम गर्नु जरुरी हुन्छ।
– दैनिक कम्तीमा आधा घण्टा पसिना आउने गरी हिड्ने, व्यायाम गर्ने, खेलकुद र काम गर्ने गरेर शारीरिक सक्रियता कायम गर्ने।
-गर्भवती, प्रसूति र शल्यक्रियापछि तथा मुटुसँग सम्बन्धित रोग भएका व्यक्तिहरुले शारीरिक कसरत गर्नु अघि अलि बढी सतर्कता र चिकित्सकको राय लिनु आवश्यक हुन्छ।
शारीरिक कसरतबाट हुने फाइदाहरु
– मुटु सम्बन्धी समस्या हुनबाट बचाउँछ।
– फोक्सोको क्षमतामा वृद्धि गर्दछ।
– मधुमेशको रोगलाई नियन्त्रण गर्दछ।
– तौल ठिक राख्न मद्दत गर्दछ।
– शारीरिक दुखाई नियन्त्रण गर्दछ।
– हड्डीलाई बलियो र मजबुत बनाउँछ।
– तनावबाट मुक्त राखी मानसिक आनन्द दिन्छ।
शारीरिक कसरत जुनै किसिमको भएपनि शरीरलाई स्वस्थ र बलियो रहनका लागि मद्दत गर्दछ।
एजेन्सीको सहयोगमा
















हेटौँडा सिमेन्टमा आगो बाल्ने भट्टीको मर्मत गरेर पुनः उत्पादन सुरु
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
नेपाल टेलिकमले थ्रीजी सेवा बन्द गर्दै फोरजीमा रूपान्तरण सुरु गर्ने
ग्लोबल आइएमई बैंकले दोस्रो संस्करणको ह्याकाथन आयोजना गर्ने, प्रतियोगिताको लागि आवेदन खुल्ला
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
प्रतिक्रिया