आजको राशिफल : वैशाख २० गते सोमबार

काठमाडौं । आज २०७८ वैशाख महिनाको २० गते सोमबार, वैशाख कृष्णपक्षको सप्तमी तिथि । आज अन्तर्राष्ट्रिय प्रेस स्वतन्त्रता दिवस । अब लागौं आजको राशिफलतर्फ
मेष
मनमा उदासिनता बढ्ने छ । साथै चिन्ताले सताउने छ । प्रेममा सफलता प्राप्त हुने छैन । तर आत्माबल बलियो हुने भएकाले परिस्थितिसँग जुध्न एक प्रकारको तागत भने प्राप्त हुनेछ । ब्यक्तित्वमा भने बोल्डपना विकास हुनेछ । आशा गरे जस्तो ब्यापार ब्यवसाय तथा पेशामा सफलता प्राप्त हुने छैन् ।
वृष
रिस धेरै कडा हुने भएकाले यसबारेमा ध्यान दिएर मात्र अघि बढ्नु होला । मनमा उदासिनता बढ्ने छ । भाग्यको साथ नभएको जस्तो मनमा लागि रहने छ । घर, घडेरी तथा बाहन बेच्नु पर्ने तथा खर्च हुने समय रहेकाले विचार गरेर मात्र अघि बढ्दा उपयुक्त हुने छ । राजनीति तथा प्रशासन क्षेत्रमा संलग्नहरुको हकमा आफूले निर्वाह गरेको भुमिका प्रति उच्च नेतृत्वको उचित मूल्यांकन हुने छ ।
मिथुन
मनमा अत्यन्त निराशा उत्पन्न हुने छ । मन उदास हुने भएकाले कर्मशिल जीवनमा पनि जोश र जाँगरको अभाव हुनेछ । जीवनसाथीको साथले काम गरेमा भाग्योदयका लागि मद्धत पुग्ने तथा केही राहत दिनेछ । बोल्ड ब्यक्तित्व हुने छ, जसले गर्दा कसैले पनि हेप्न भने सक्ने छैनन् । पेशागत जीवन भने सकारात्मक रहने छ ।
कर्कट
साझेदारीमा गरिएका कार्यहरुमा अवरोध आउने छन् । दाम्पत्य जीवनमा मधुरताको कमि हुने छ जसले गर्दा मनमा उदासिनता थपिने छ । मनमा निरन्तर दुविधा आउने भएकाले निर्णय क्षमतामा कमि आउने छ । पेशागत जीवनमा भने सकारात्मक नै देखिन्छ । अध्ययन अध्यापनमा भने रुचि कम लाग्न जाने छ ।
सिंह
भाग्यको बलियो साथ रहेको छ, जसले गर्दा अवरोधहरु समाधान गर्न मद्दत पुग्नेछ । पेशागत जीवनमा स–सानो उतार चढाव आएता पनि औसतमा सकारात्मक दिशामा नै अघि बढ्ने छ । मनमा दुविधा उच्च हुन पुग्ने भएकाले कुनै पनि कार्यमा मन पूर्णतया लाग्न सक्ने छैन । भित्रि बुद्धिको सहायताले धैर्य भएर अघि बढेमा चुनौतिहरु सामना गर्न सकिनेछ ।
कन्या
आम्दानीको विषयलाई लिएर मनमा अन्योल र असन्तोष उत्पन्न हुन जानेछ । अध्ययनमा कठिनाईहरु उत्पन्न हुने छन् । ब्यक्तित्वमा कमि आउने छ । बोलीमा प्रभावहिनता आउने भएकाले सतर्कतासहित छलफल तथा तर्क वितर्कमा भाग लिँदा ठिक हुने छ । भाग्यहिनताको अनुभुति हुने छ, यसले कार्य सफलतामा ढिलाई गराउने छ ।
तुला
आम्दानीमा थोरै भए पनि बृद्धि हुन पुग्ने छ । जीवनसाथिको साथमा कामलाई अघि बढाएमा फाइदा हुने देखिन्छ भने जीवनसाथिको साथले राखिएका लक्ष्य प्राप्तिमा मद्दत पुग्ने छ । साझेदारीमा गरिएका कामहरुले पनि राम्रो नतिजा दिने छन् । भाग्यको साथ रहेकाले धन, सम्पत्ति तथा भाग्यमा बृद्धि हुने छ । मनोबल उच्च रहने छ । नेतृत्व क्षमतामा पनि बृद्धि हुने छ ।
वृश्चिक
आफ्नो पैतृक सम्पत्ति तथा आफुले सृजना गरेको धनको अवस्थाबाट सुखको अवस्था सृजना हुने छ । प्रतिष्पर्धी स्वाभाव हुने छ । छोटोछोटो यात्रा गर्नु पर्ने अवस्था आउने छ । ब्यक्तित्वमा भने गिरावट आउने छ । शरीर कमजोर हुने तथा रगतसँग सम्बन्धी विषयमा भने सतर्क रहनु होला । पेशागत जीवनमा भने चुनौतिहरु र विवाद देखा पर्न जाने छ ।
धनु
बोलीमा एक रुपता हुने छैन् । तुरुन्तै नरम खालको बोली कडा बोली मा त कडा खालको बोली नरम रुपमा परिवर्तन भइरहेको आभाष अरुलाई हुने छ । पढाईमा मन लाग्ने छ । भाग्यको साथ रहनाले प्रतिकुलतासँग जुध्न शक्ति प्राप्त हुने छ । जीवनसाथिको साथ लिएर अघि बढेमा भाग्यको पनि साथ जोडिन पुग्न हुँदा कार्यसम्पन्न हुन मद्दत पुग्ने छ । मनमा अनावश्यक दुविधा र चिन्ता थपिने भएकाले मनोबलको अभाव देखिने छ ।
मकर
दाम्पत्ति एक अर्कामा समर्पित हुने स्वाभाव पैदा हुने भएता पनि विवादले भने स्थान लिने छ । प्रतिष्पर्धात्वम स्वाभावमा बढोत्तरी हुने छ । शत्रु पराजय हुने छन् । तर अनावश्यक शुरोपनामा पनि भारी बृद्धि हुने भएकाले यसबारेमा भने निकै सतर्क रहँदा उपयुक्त हुने छ । मनमा अलि निराशाको भाव भने पैदा भइरहने छ । पेशागत जीवन र व्यवसायमा थप जोखिम उठाउनु पर्ने अवस्था आउँछ ।
कुम्भ
मनमा खिन्नता छाइ रहने छ । मन उदास हुने भएकाले उत्साह र उमङ्गको कमि हुन जाने छ । मन नियन्त्रण गर्न योग र ध्यानलाई पनि स्थान दिनु होला । आम्दानीमा हुने केही बृद्धि वा सकारात्मक परिस्थितिले केही सन्तोष प्रदान गर्ने छ । मेहनति र पराक्रमी स्वाभाव निरन्तर रहने छ । परिवारको कदर र भरोसा आफुप्रति बृद्धि हुने छ । धन सम्पत्तिका विषयमा देखा परेका बिबादहरु समाधानतर्फ जाने छन् ।
मीन
पेशागत र ब्यवसायिक जीवनमा लाभ प्राप्त हुने छ । यसबाट धन सम्पत्तिमा थोरै भए पनि बृद्धि हुन पुग्ने छ । तर पेशागत जीवनमा नसोचिएका समस्याहरु उत्पन्न हुन जाने भएकाले त्यसले अनावश्यक झमेलामा धकेलिदिने छन् । आमा तथा जीवनसाथिको साथ लिएर काम गरेमा धैर्यता प्राप्त हुने छ । यसले नोक्सानीबाट बच्न भरोसा प्राप्त हुने छ । बोलीमा आउने कडापनले पारीवारिक सदस्यहरुका बीच तनाव पैदा गरिदिने छ।

ज्यो. दिवाकर पन्त
ज्यो. पन्त ज्योतिषी, वास्तु, रत्न एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८१३६३७२३८













सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक थुनुवाको मृत्यु
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निषेध
गाजामा युद्धविरामपछि पनि इजरायली आक्रमणबाट सय भन्दा बढी बालबालिकाको मृत्यु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
कांग्रेस विशेष महाधिवेशनको कार्यविधि पारित
प्रतिक्रिया