बागलुङका पत्रकारको आफ्नै आइसोलेसन कक्ष

बागलुङ । नेपाल पत्रकार महासङ्घ बागलुङ शाखाले आफ्नै आइसोलेसन कक्ष निर्माण गरेको छ । शाखाको आफ्नै भवनको सभाहलमा तत्कालका लागि १० शय्याको आइसोलेसन कक्ष निर्माण गरिएको महासङ्घका शाखा अध्यक्ष नरेश कँडेलले बताए । उनले पत्रकारहरुलाई कोरोनाको बढी जोखिम रहेको र धेरै पत्रकार भाडाको घरमा बसेर काम गर्ने भएकाले कोरोना लाग्दा समस्या भएपछि आफ्नै भवनमा आइसोलेसन कक्ष तयार गरिएको बताए ।
“पत्रकार अग्रपङ्क्तिमा खटिएर काम गरिरहेका हुन्छन्, कोरोना लागेपछि छुट्टै बस्ने स्थान छैन, अस्पतालमा शय्या नपाइन सक्छ त्यसैले पत्रकारहरुका लागि महासङ्घले नै आइसोलेसन कक्ष बनाएको छ”, अध्यक्ष कँडेलले भने , “जिल्लामा हालसम्म अग्रभागमा खटिने पाँच पत्रकारलाई कोरोना सङ्क्रमण भई निको भइसकेको अवस्था छ, पत्रकारलाई कोरोना सङ्क्रमणको दरअनुसार आइसोलेसन कक्ष व्यवस्थित तथा शय्या विस्तार गर्दै जानेछौँ ।”
नवनिर्मित भवनको हलमा हाइसोलेसन कक्ष, शौचालय तथा आवश्यक स्वास्थ्य सुरक्षाका सामाग्रीको व्यवस्था छ । अहिले कुनै पनि पत्रकार सङ्क्रमित नभए पनि कोरोनाको बढ्दो सङ्क्रमणले जस्तोसुकै अवस्था आउन सक्ने भन्दै पूर्वतयारी थालिएको महासङ्घले जनाएको छ ।
आइसोलेसनलाई अक्सिजनसहित सञ्चालनको व्यवस्थापन गर्न धौलागिरि अस्पतालले सहयोग गर्ने अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा शैलेन्द्र बी पोखरेलले जानकारी दिए । उनले पत्रकारहरुले आफ्नो व्यवस्थापन गर्न थालेकामा खुसी व्यक्त गर्दै सङ्क्रमणको दर बढ्दै गएमा अस्पतालमा शय्या अभाव हुने भएकाले अन्य स्थानमा समेत आइसोलेसन कक्ष बनाउनुपर्ने बताए । उक्त आइसोलेसन कक्षमा नगरपालिकाले स्वास्थ्यकर्मीसमेत खटाउनेछ ।
आइसोलेसन कक्षमा आवश्यक स्वास्थ्य सामग्री ब्रदर्श सर्जिकल एण्ड डाइग्नोस्टिक प्रालि बागलुङका सञ्चालक नीलकण्ठ शर्माले प्रदान गर्नुभएको छ । शर्माले ले पत्रकार महासङ्घलाई पाँच लिटर स्यानिटाइजर क्षमताको विद्युतीय स्यानिटाइजर डिस्पेन्सर, २५० थान मास्क, पाँच लिटर स्यानिटाइजर, पल्स अक्सिमिटर, डिजिटल रक्तचाप परीक्षण औजार, डिजिटल थर्मोमिटर र हेण्ड वास एक थान सहयोग गरेका छन् ।
















इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड ‘मोर्बिडेली’ नेपाली बजारमा सार्वजनिक
पाँचथरमा जिप दुर्घटना हुँदा युवकको मृत्यु
राजस्व चुहावट नियन्त्रणका लागि कार्ययोजना बनाएर काम गर्न निर्देशन
NCP takes critical stand in parliament, Barsha Man Pun says
Harka Sampang insists on proper conservation, utilisation of natural resources
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
राष्ट्रपतिले आह्वान गरे संसद् अधिवेशन
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
प्रतिक्रिया