शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक

सरकारले गठन गरेको संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको दोस्रो बैठक बिहीबार बोलाइएको छ।
कार्यदलका संयोजक असिम शाहले बिहीबार अपराह्न ३ बजे बैठक बोलाएका हुन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्ने जनाइएको छ।
सरकारले शाहको नेतृत्वमा कार्यदल गठन गरेको थियो। कार्यदलले संविधान संशोधनको बहसपत्र तयार गर्न छलफल सुरु गरिसकेको छ।
यसअघि चैत २५ गते बसेको पहिलो बैठकमा सामान्य छलफल भएको थियो। बैठकमा नेकपा (एमाले)बाट भीष्म अधिकारी, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट देव गुरुङ, श्रम संस्कृति पार्टीका ध्रुवराज राई, राप्रपाका ज्ञानबहादुर शाही, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललगायत सहभागी थिए।
त्यस्तै, लोकतान्त्रिक समाजवादी पार्टीका राजेन्द्र लाभ र जनता समाजवादी पार्टी नेपालका डा. सुरेन्द्रकुमार झा बैठकमा सहभागी भएका थिए। नेपाली कांग्रेसले भने प्रतिनिधि पठाएको छैन।
उनीहरूले के विषयमा संविधान संशोधन गर्न चाहेको भन्ने खुलाउन आग्रह गरेका थिए। त्यसपछि कार्यदलले सबै राजनीतिक दललाई बहसपत्रबारे जानकारी पठाएको थियो।
















पहाड र हिमालमा मध्यम वर्षा र हिमपात, तराईमा चट्याङ्गसहित वर्षा
आज वैशाख २६ गते शनिबार,कुन राशिको भाग्य कस्तो ?हेरौँ राशिफल
आज शनिबार, कुन विदेशी मुद्राको विनिमयदर कती ?
यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय आइतबारदेखि १५ दिन बन्द
अमेरिकी र इरानी सेनाबीच हर्मुजमा तनाव बढ्यो, युद्धविराम कायम रहेको ट्रम्पको दावी
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया