घरमा रहेका अक्सिजन फिर्ता गरेर संक्रमितको ज्यान बचाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं । सरकारले सर्वसाधरणहरुलाई अक्सिजन सिलिण्डर होल्ड गरेर नराख्न आग्रह गरेको छ । अक्सिजनको सहज आपुर्ति तथा व्यवस्थापन हुने भन्दै अहिले होल्ड गरेर राखिएका अक्सिजन सिलिण्डर सरकारलाई उपलब्ध गराएर विरामीको ज्यान बचाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ । मन्त्रालयले कोरोनाका जटिल बिरामीहरुलाई अक्सिजन व्यवस्थापनका गरी अस्पतालहरुलाई तयारी अवस्थामा रहन समेत आग्रह गरेको छ ।
“तपाईंले घरमा होल्ड गरेर राखेको अक्सिजन सिलिण्डरले आज कसैको ज्यान जोगाउन सक्छ, त्यसैले अनावश्यक रुपमा अक्सिजन सिलिण्डरको भण्डार नगरौं,” मन्त्रालयले भनेको छ, “सरकारले अक्सिजनको अभाव हुन नदिन आवश्यक प्रबन्ध गरिसकेको छ । अभाव नहुने गरी थप सिलिण्डरको व्यवस्था गरिसकेको छ ।”
पछिल्लो समय कोरोना संक्रमण देखिए अस्पताल पुग्ने ९० प्रतिशतमा अक्सिजन आवश्यक परेको चिकित्सकहरु बताउँछन् ।














यी हुन कांग्रेसको संस्थापन समूह र विशेष महाधिवेशन समूहबीच वार्तामा नमिलेका विषय
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
कांग्रेस विशेष महाधिवेशन सुरु
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया