सेती प्रदेशिक अस्पताललाई ९८ थान अक्सिजन सिलिन्डर उपलब्ध

कैलाली । कैलालीको ह्युमानिटी फाउन्डेशन नेपालले सेती प्रादेशिक अस्पताललाई ९८ थान अक्सिजन सिलिन्डर उपलब्ध गराएको छ । कोराना भाइरस संकमणका बिरामीलाई अक्सिजनको अभाव भएपछि सो फाउन्डेशनले सोमबार ९८ थान अक्सिजन सिलिन्डर उपलब्ध गराएको हो ।
फाउन्डेशनका सदस्यहरुको सहयोगमा आज बिहान पहिलो चरणमा सेती प्रादेशिक अस्पताललाई ९८ थान सिलिन्डर उपलब्ध गराएको फाउन्डेशनका संस्थापक श्याम तायलले जानकारी दिए । डडेल्धुरा अस्पताललाई २२ सिलिन्डर आज नै उपलब्ध गराइने उनले बताए । यस्तै कञ्चनपुरमा रहेको महाकाली अस्पताललाई ८० सिलिन्डर र टीकापुर अस्पताललाई २० सिलिन्डर उपलब्ध गराउने फाउन्डेशनले जनाएको छ ।
अक्सिजनको अभावमा कसैले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले प्रदेशका मुख्य चारवटा अस्पताललाई अक्सिजन सिलिन्डर उपलब्ध गराइने तायलको भनाइ छ । यहाँका अस्पतालमा कोरोना भाइरस संक्रमणका बिरामी बढ्दै जाँदा अस्पतालमा अक्सिजनको माग बढ्दै गएपछि अस्पतालले १०० वटा खाली सिलिन्डर उपलब्ध गराउन अपिल गरेको जनाइएको छ । रासस
















पाकिस्तानका प्रधानमन्त्री र इरानका विदेशमन्त्रीबीच भेटवार्ता
एनआईसी एशिया बैंकका ग्राहकलाई एभरेष्ट हस्पिटलमा १५ प्रतिशतसम्म छुट
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
ओलीको नयाँ भर्सन बालेन सरकार- हर्क साम्पाङ
बीपी राजमार्गमा आवागमन बन्द, सवारी साधन होल्ड
शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
प्रतिक्रिया