त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट डेढ किलो सुनसहित ५ जना पक्राउ
टर्च लाइट र स्पिकर भित्र पट्टी सुन राखेर ल्याएको खुलासा

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट करिब डेढ किलो अवैध सुनसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ किलो ३ सय ९७ ग्राम सुनसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
अवैध रुपमा भित्र्याईएको सुनसहित प्रहरीले सुमित तामाङ, जनक खड्का, यमलाल खनाल, राजु विक र धनबहादुर तामाङलाई पक्राउ गरेको हो । पक्राउ परेका उनीहरूले टर्च लाइट र स्पिकर भित्र पट्टी सुन राखेर ल्याएको विमानस्थलका सुरक्षा प्रमुख एसएसपी राजेश बास्तोला मेरोन्यूजलाई बताए । उनले भने, ‘सबै जना वैदेशिक रोजगारीमा गएर फर्किएका हुन् ।
उनीहरूले टर्च लाइटभित्र सुन राखेर ल्याएका थिए ।’ उनीहरू सोमबार बिहान विभिन्न फ्लाइटबाट विमानस्थलमा ओर्लिएका हुन् । सुन तस्करले उनीहरूलाई भरिया बनाएर विदेशबाट सुन पठाएको अनुसन्धानमा खुल्न आएको प्रहीले जनाएको छ । यसअघि पनि विमानस्थलबाट राइस कुकर, पङ्खा, सुटकेस इत्यादि उपकरणभित्र सुन राखेर अवैध रुपमा ल्याउने धेरै जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दया दुदराज
<span style="color: #343f4a; font-family: Mukta, sans-serif; font-size: 18.4px; text-align: justify;">मेराेन्यूजकर्मी दुदराज सुरक्षा, प्रशासन र सामाजिक घटना सम्बन्धी विषयमा कलम चलाउँछन् ।</span>
















मैत्रीपूर्ण खेलमा सेनाको टोली विजयी
Bullion price: Gold unchanged, silver climbs
सभामुखमा रास्वपा उपसभापति अर्यालको उम्मेदवारी दर्ता
परराष्ट्रमन्त्री खनालद्वारा मनमैजु मन्दिरमा पूजाअर्चना
जेनजी आन्दोलनका घाइतेसँग गृहमन्त्री गुरुङ
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
ठगीको अभियोगमा एक जना पक्राउ
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
प्रतिक्रिया