गेटा मेडिकल कलेजमा आइसोलेशन बनाउन मन्त्री भट्टको निर्देशन
मेरोन्यूज
२०७८ वैशाख २० गते १७:२२

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कैलालीको गेटा मेडिकल कलेजमा आइसोलेशन बनाउनका लागि आवश्यक तयारी अघि बढाउन निर्देशन दिएका छन् ।
उनले आइसोलेशन व्यवस्थापनका लागि गेटा मेडिकल कलेजका भवनमा तत्काल विद्युत्, खानेपानी, स्वास्थ्य सामग्री तथा अन्य आवश्यक उपकरण जडान गर्न मातहतका निकायलाई निर्देशन दिए । जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमस) अध्यक्ष तथा कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले गेटामा २००० क्षमताको होल्डिङ सेन्टरसहितको आइसोलेशन बनाउने कार्य तत्काल शुरु गरिने जानकारी दिए ।
प्रजिअ रिजालका अनुसार एक हप्ताभित्रै कोरोना संक्रमितलाई राखेर उपचार गर्ने व्यवस्था मिलाइनेछ । डिसिसिएमसी कैलालीको मातहतमा रहने गरी धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकाको सहकार्यमा सो कार्य अघि बढाइने जनाइएको छ ।
सम्बन्धित












मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते
एसबीआई बैंक लुटपाट मा संलग्न ४ जना पक्राउ
मधेशमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बदली
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
प्रतिक्रिया