गेटा मेडिकल कलेजमा आइसोलेशन बनाउन मन्त्री भट्टको निर्देशन
मेरोन्यूज
२०७८ वैशाख २० गते १७:२२

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कैलालीको गेटा मेडिकल कलेजमा आइसोलेशन बनाउनका लागि आवश्यक तयारी अघि बढाउन निर्देशन दिएका छन् ।
उनले आइसोलेशन व्यवस्थापनका लागि गेटा मेडिकल कलेजका भवनमा तत्काल विद्युत्, खानेपानी, स्वास्थ्य सामग्री तथा अन्य आवश्यक उपकरण जडान गर्न मातहतका निकायलाई निर्देशन दिए । जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमस) अध्यक्ष तथा कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले गेटामा २००० क्षमताको होल्डिङ सेन्टरसहितको आइसोलेशन बनाउने कार्य तत्काल शुरु गरिने जानकारी दिए ।
प्रजिअ रिजालका अनुसार एक हप्ताभित्रै कोरोना संक्रमितलाई राखेर उपचार गर्ने व्यवस्था मिलाइनेछ । डिसिसिएमसी कैलालीको मातहतमा रहने गरी धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकाको सहकार्यमा सो कार्य अघि बढाइने जनाइएको छ ।
सम्बन्धित
















गाजामा भएको इजरायली आक्रमणमा १३ जनाको मृत्यु
दक्षिण लेबनानमा इजरायली हवाई आक्रमणमा ६ जनाको मृत्यु
मिथिलामा जानकी नवमीको उल्लास
सगरमाथा दिवसका अवसरमा कायरोमा नेपाल–इजिप्ट मैत्री दौड
विश्वकप लिग-२: यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
संसदका दुवै सदनको अधिवेशन आह्वान
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
नेपाल ‘ए’ ओमानसँग पराजित
प्रतिक्रिया