विश्वकप लिग-२: यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
मेरोन्यूज
२०८३ वैशाख १२ गते ९:३१

घरेलु मैदानमा जारी आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले यूएईविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा यूएईले टस जितेर बलिङ रोजेपछि नेपालले पहिलो ब्याटिङ गर्ने भएको हो।
नेपाल रोहित पौडेल र यूएई मोहम्मद वासिमको कप्तानीमा मैदान उत्रँदैछ।
अंक तालिकाको पुछारमा रहेका नेपाल र यूएई दुवै टोलीलाई शीर्ष ६ मा रहेर एक दिवसीय मान्यता जोगाउने चुनौती छ।
त्यसैले एकअर्काविरुद्ध मैदान उत्रँदा नेपाल र यूएई दुवै जितको खोजीमा हुनेछन्।
लिग-२ मा २० खेल खेलेको नेपाल ५ खेलमा जित, १३ खेलमा हार र २ खेल नतिजाविहीन हुँदा १२ अंकमा तालिकाको सातौँ स्थानमा छ।
समान खेलबाट ५ खेलमा जित र १५ खेलमा हार भोगेको यूएई १० अंकमा तालिकाको पुछारमा छ।
२४ खेल खेलेको ओमान भने २९ अंकमा तालिकाको तेस्रो स्थानमा छ।


सम्बन्धित
















दक्षिण लेबनानमा इजरायली हवाई आक्रमणमा ६ जनाको मृत्यु
मिथिलामा जानकी नवमीको उल्लास
सगरमाथा दिवसका अवसरमा कायरोमा नेपाल–इजिप्ट मैत्री दौड
विश्वकप लिग-२: यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
थापाथलीको सुकुमवासी बस्तीमा चल्यो डोजर, सामान सार्न सघाउँदै प्रहरी
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
संसदका दुवै सदनको अधिवेशन आह्वान
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
ओमनले नेपाललाई दियो २८१ रनको लक्ष्य
प्रतिक्रिया