अष्ट्रेलियाका राजदूत दाहाललाई सरकारले फिर्ता बोलायो
मेरोन्यूज
२०७८ वैशाख २१ गते ९:४०

काठमाडौं । सरकारले अष्ट्रेलियाका लागी नेपाली राजदूत महेश दाहाललाई फिर्ता बोलाउने निर्णय गरेको छ । सोमबार अपरान्ह बसेको मन्त्रिपरिषद बैठकले दाहाललाई फिर्ता बोलाउने निर्णय गरेको हो ।
राजदूत दाहाल नेकपा ओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकट मानिन्छन् । माओवादी केन्द्रको कोटाका प्रदेश प्रमुख हटाएको एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले माओवादी कोटाका राजदूतलाई पनि फिर्ता बोलाएको हो ।
कांग्रेस कोटाका जापानकी राजदूत प्रतिभा राणा र ओमानकी राजदूत शर्मीला पराजुली ढकाललाई भने सरकारले यथावत राखेको छ ।
राणा कांग्रेस सभापति शेरबहादुर देउवाकी सासू हुन् भने ढकाल विजय गच्छादार नेतृत्वको तत्कालीन फोरम लोकतान्त्रिकको कोटाबाट राजदूत बनेकी हुन् । फोरम लोकतान्त्रिक अहिले नेपाली कांग्रेसमा एकिकरण भइसकेको छ ।
सम्बन्धित
















‘संविधानले नै श्रमिकलाई ट्रेड युनियन खोल्ने अधिकार सुनिश्चित गरेको छ’
सुनसरीमा एसइई दिइरहेका एक नक्कली परीक्षार्थी पक्राउ
दाङमा चितुवाको आक्रमणबाट दुई घाइते
गुल्मीमा पाँच दिनदेखि सम्पर्कविहीन बाबुछोरी
राष्ट्रिय सभा उपाध्यक्ष भण्डारीले लिइन् शपथ
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
युएईमा घाइते भएका सातै नेपाली खतरामुक्त, छ जना अस्पतालबाट ‘डिस्चार्ज’
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
प्रतिक्रिया